-
लालध्वज तामाङ
काभ्रे–जिल्लाको तेमाल गाउँपालिका वडा –३ कुडुवालका ६८ वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला गरिब, विपन्न,अपांगता भएका परिवारले यो चिसोको समयमा न्यानो सिरक तथा ब्ल्याङ्केट पाएका छन् ।
वडा अध्यक्ष विष्णु बहादुर तामाङको पहलमा १३०जना वडा बासीले कान्छी माया फाउन्डेसनको सहयोगमा न्यानो सिरक ब्ल्याङ्केटे पाएका हुन । बुधबार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाको प्रमुख आतिथ्यतामा सो सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामाले वडा अध्यक्षका यस्तो काम प्रसंशानीय रहेको बताउनु भयो । वडा बासीको जस्तो सुकै समस्या पनि सबै मिलेर समाधान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
यस खालको कार्यक्रममा सहयोग गर्ने फाउण्डेशनलाई धन्यवाद दिनुहुदै वडा अध्यक्ष तामाङले न्यानो सिरक ब्ल्याङ्केट वितरणबाट स्थानीय नागरिकले राहत महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा अध्यक्षसँगको समन्वयमा जाडोको समयमा राहत होस् भनेर स्थानीय एकल महिला गरिब,विपन्न तथा ज्येष्ठ दलित नागरिकलाई ब्ल्याङ्केट वितरण गरिएको फाउन्डेसनका संचालक डा .दिल बहादुर तामाङले बताउनुभयो । जाडोको मौसममा न्यानो कपडा पाए पछि स्थानियको मुहारमा खुसी छाएको छ ।