काठमाडौं— युटुब च्यानल चलाउने कम्पनीहरुले युटुवबाट प्राप्त रकम सम्बन्धित कलाकारहरुलाई उचित रुपमा नदिने गरेको गुनासो सतहमा आउन थालेको धेरै भयो । यसै सन्दर्भमा कलाकारहरुले बरु आफ्नै नामको अफिसियल च्यानल खौल्दै आफ्ना सिर्जनाहरु दर्शकस्रोतामाझ ल्याउन थालेका छन् ।

यो सन्दर्भले गायिका इन्दिरा योञ्जनलाई प्रभावित बनायो वा बनाएन,उहाँले पनि आफ्नै युटुब च्यानल पकड्नुभएको छ ।
इन्दिरा योञ्जन नामको च्यानल खोलेसँगै आफ्ना पछिल्ला कृति ‘वसन्तले’ बोलको गीतको म्युजिक भिडियो त्यसैमार्फत सार्वजनिक गर्नुभयो । यो सिर्जना करीव एक महिनामै हजारौं दर्शकको रोजाइमा परेको देखिन्छ ।

नेपाली सेलो संगीत क्षेत्रका क्षमतावान एवं चर्चित प्रतिभा भएकोले नयाँ च्यानल भएपनि योञ्जनको युटुव च्यानल तथा यो भिडियो लाखौं दर्शकमाझ पुग्ने आशा गर्न सकिने थुप्रै ठाउँहरु छन् ।

‘वसन्तले’ मार्फत नै योञ्जन लामो समयपछि संगीत क्षेत्रमा पुनःआगमन हुनु भएको हो । धेरै समयपछि गायन क्षेत्रमा फर्किएकोमा दर्शक स्रोताले खुशी व्यक्त गरेका छन् ।

युटुबको कमेन्ट बक्समा प्रतिक्रिया दिदै राजेन्द्र तामाङले धेरै समयपछि कडा सिर्जना पस्केको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै अर्जुन तामाङले लामो समयपछि गायन क्षेत्रमा पुनः आगमन भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

सम्झना तामाङले यो गीत र भिडियो राम्रो लागेको प्रतिक्रिया जनाउनुभएको छ ।

जिग्मे मिडियाको पोष्ट प्रोडक्सन रहेको भिडियोको निर्देशन निकै क्रियटिभ,क्षमतावान व्यक्तित्व भक्त स्याङतानले गर्नुभएको हो भने सम्पादन तथा कलरिङ सूर्य लामाको रहेको छ ।

गीतलाई रिमेक गरेर भिडियो निर्माण गरिएकोमा रिमेक एरेञ्ज र मिक्सिङको कार्य अर्पण थिङ तामाङले गर्नुभएको हो । गीतकार गोविन्द गिरीको रचना‚चन्द्रकुमार दोङको संगीत र संगीत संयोजन पवन वाङ लामाको रहेको छ ।
भिडियोमा मिलन थिङ ‘पराङ’ र रेणुका लामाको शसक्त अभिनय देख्न सकिन्छ ।

सिन्धुपाल्चोकको ह्रिस्याङ्गुबाट गायिका बन्ने सपना बोकेर सहर पसेकी योञ्जन भन्नुहुन्छ‚‘यो गीतसंगीत मेरो नसा नसामा पसेको छ‚ यसलाई निरन्तरताका लागि नयाँ गीत ल्याएको हुँ । नयाँ आधुनिक गीत वसन्तले फेरि त्यही दिनतिर पुर्याएको छ ।’ यो बीचमा सामाजिक कार्यमा व्यस्तता भएकाले गीतसंगीतमा केही अन्तर रहेको उहाँको भनाई छ ।

दर्जनौँ तामाङ सेलो एल्बममा स्वर दिइसक्नुभएका योञ्जनको सहकर्मी तुलसा वाइबासँगको सहकार्यमा ल्याएको ‘उँभो उँभो लाग्यो भेँडीको बथान’‚‘चिसो त पानी,’ ‘ल्याइदेउ न आप्पा’‚ ‘सेलो सङ्गम संग्रहका गीतहरु’, ‘चलनचल्ती संग्रहका गीतहरु‚ तोरतोर ल्हाला ह्री न्हाङरि‚ जस्ता गीत चर्चित छन् ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !