काठमाडौं-पत्रकार एवं गीतकार अमरध्वज लामाको शब्द रचना,संगीतकार दिनेशकाजी बान्तावाद्वारा संगीतबद्ध ‘यो मन मेरो दोमन भो’ बोलको गीतको भिडियो दर्शकस्रोतामाझ आएको छ ।

गीतमा किसन राईको सुमधुर स्वर रहेको छ । भिडियो गायक राईकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । संगीत एरेन्ज, मिक्सिङ्ग एवं माष्टरिङ्ग देवेश राईले गर्नुभएको छ ।

सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा चर्चित मोडल एलिसा राईको मुख्य अभिनय रहेको छ । राईका साथमा कलाकारहरु निर्मलकुमार लामा (बिजी), मन्जित वाइबा, अन्जन मोक्तान कान्छा र स्वयं गायक किसन राई समेतले अभिनय गर्नुभएको छ ।

सुन्दर युवती डोल्माको सौन्दर्यबाट आकर्षित भएका भिन्न भिन्न उमेर समूहका युवाहरुको कथाालाई भिडियोको बिषय बस्तु बनाइएको छ । भिडियोभित्रको कथाको अन्त्य भने अप्रत्यासित बनाइएको छ ।

उक्त भिडियोलाई भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गर्नुभएको हो । भिडियोको सिनेमाटोग्राफी, सम्पादन तथा कलरिङ्ग भने पवन सुस्लिङ्गले गर्नुभएको छ ।
भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !