शिशिर दोङ

काभ्रे-तेमाल गाउँपालिका २ चुखाका पूर्व वडा अध्यक्ष  स्वर्गीय यम नारायण श्रेष्ठकी  धर्मपत्नी  स्वर्गीय एक कुमारी श्रेष्ठको १३ औ  दिनको पुण्य तिथिको दिन सोमबार श्रेष्ठ निवासमै पुगेर बागमती  प्रदेश सभा सदस्य सांसद ज्ञान बहादुर  तामाङ  सहित प्रदेश,जिल्ला,गाउँपालिका,वडा तहका एमाले नेताहरुले श्रद्दाञ्जली अर्पण गर्नुभएको छ ।

नेताहरुद्वारा स्वर्गिय श्रेष्ठको फोटोमा माल्यार्पण गर्दै कम्युनिष्ट आन्दोलनमा स्वं. श्रेष्ठले खेल्नुभएको भुमिकाको स-सम्मान सम्झना गरिएको थियो ।

बागमती प्रदेशसभा सदस्य एवं एमाले युवा नेता ज्ञान बहादुर तामाङले पूर्व वडा अध्यक्ष यमनारायण,उहाँकी धर्मपत्नी एककुमारी तथा श्रेष्ठ परिवारले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । देश र जनताको पक्षमा अविचलित रुपमा काम गर्न सक्नु नै उहाँहरुप्रतिको सच्चा सम्मान हुने उहाँको धारणा थियो ।

 

नेताहरुले भावपुर्ण श्रद्धाञ्जली पत्र छोराहरू केशव  श्रेष्ठ ,नारायण श्रेष्ठ र छोरी विमला श्रेष्ठ सहित  शोकाकुल परिवारलाई हस्तान्तरण  गर्नुभएको थियो ।

श्रेष्ठ निवासमा सांसद तामाङसँगै नेकपा एमाले बाग्मती प्रदेश कमिटी उपसचिव भक्तकुमारी  लामा, प्रदेश कमिटी सदस्य इन्द्र तामाङ,पार्टी  जिल्ला सदस्य कल्पना तामाङ, तेमाल गाउँ कमिटी अध्यक्ष इन्द्रमान तामाङ,सह सचीव  सुरेन्द्र तामाङ, तेमाल काठमाण्डौ सम्पर्क  मन्चका अध्यक्ष जगतमान  तामाङ,तेमाल २ वडा कमिटी  अध्यक्ष वीर नन्द लामा,साविक सर्स्यूंखर्क पूर्व गाविस अध्यक्ष  तथा एमाले काभ्रे जिल्ला सल्लाहकार परीषद सदस्य सङ्ग्राम तामाङ, निवर्तमान वडा अध्यक्ष तिमाल सिं तामाङ,पूर्व वडा सदस्य  डिल्लीमान तामाङ,पार्वती  श्रेष्ठका साथै  स्थानीय  नेता कार्यकर्ताहरु समेत श्रद्दाञ्जली अर्पण तथा समवेदनाका लागि पुग्नुभएको थियो ।

एककुमारी श्रेष्ठको यहि कार्तिक १० गते  ७९ वर्षको उमेरमा निधन  भएको थियो ।

प्रतिक्रिया दिनुहोस !