काभ्रे—रोशी गाउँपालिकाले १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिज बिरुद्धको खोप अभियान तथा रेविज रोग तथा महामारी नियन्त्रण कार्यक्रम २०८० अन्र्तगत ४ सय ८२ वटा घर पालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ ।

४ सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिज बिरुद्धको खोप लगाएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहले बताउनुभयो । उहाँका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको हो ।

रोशी भित्रको २ सय ५८ घरधुरीमा घरपालुवा २ सय ९६ वटा र सामाजिक एक सय ७७ गरी ४ सय ८२ घरपालुवा जनावरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएका साहले जानकारी दिनुभयो ।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार ३ सय २८ भाले कुकुर र १ सय २८ पाथी कुकुरलाई भ्याक्सिन लगाएको छ भने ९ वटा भाले बिरालो र १७ वटा पोथी बिरालोलाई भ्याक्सिन लगाएको छ ।

वडा नं. १ मा ५२ वटा, वडा नं. २ मा १८ वटा, वडा नं. ३ मा ३४ वटा, वडा नं. ४ मा २५ वटा, वडा नं. ४० वटा, वडा नं. ५ मा ३६ वटा, वडा नं. ७ मा १३ वटा, वडा नं. ८ मा ५२ वटा, वडा नं. ९ मा ५४ वटा, वडा नं. १० मा ५६ वटा, वडा नं. ११ मा ५२ वटा र वडा नं. ५० वटा कुकुर र बिरालोलाई भ्याक्सिन लगाएको शाखाले स्पष्ट पारेको छ ।

रोशी गाउँपालिका पशु स्वास्थ्य शाखामा ६ सय डोज भ्याक्सिन रहेकोमा अभियानबाट एक सय १२ डोज बाँकी रहेको र कतै छुटेको ठाउँमा फेरी लगाउने शाखा प्रमुख साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !