काभ्रे–सदस्यता नविकरणका सम्बन्धमा आफूहरुको माग संवोधन नभएको भन्दै प्रेस चौतारी नेपाल काभ्रेले सोमबार नेपाल पत्रकार महासंघ काभ्रे शाखामा तालावन्दी गरेको छ ।

यसअघि शनिबार पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई ज्ञापनपत्र बुझाउँदै चौतारीले सदस्यता नविकरणका विषयमा भएका निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो ।

२४ घण्टा वितिसक्दा पनि महासंघले आफूहरुको माग संवोधन गर्न कुनै चासो नदिएकाले तालाबन्दीसहित थप आन्दोलनमा उत्रिन बाध्य भएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो ।
उहाँले आफूहरुको माग तत्काल संवोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने पनि बताउनुभयो ।

प्रेस चौतारी काभ्रेले केन्द्र र प्रदेश समितिले तोकेको समयावधी भित्र वितरण नगरिएको नयाँ सदस्यता पुनः तत्काल वितरण गर्न, नविकरणमा गरिएको भेदभाव, असहिष्णुता र विभेदकारी निर्णय तत्काल खारेज गर्न, कृयाशिल सदस्यहरु सबैको नविकरण गर्न तथा गैह्रकृयाशिल र मापदण्ड विपरितका सदस्यहरुको नविकरण रोक्न माग गरेको छ ।

यस्तै स्थानान्तरण एक ब्यक्ति विशेषका हकमा मात्रै नगरी स्थानान्तरण गर्न चाहनेहरुका हकमा खुल्ला रुपमा आब्हान गर्न र महासंघको साझा चरित्र र उद्देश्य कायम राख्दै दल र ब्यक्ति विशेषका आधारमा गरिएको विभेदकारी गतिविधी तत्काल बन्द गर्न चौतारीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !