काठमाडौं—तामाङ समुदायमा महानायकको उपमा पाउँदै गरेका अमिर दोङद्धारा निर्देशित एवं अभिनित तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ ले दर्शकको माया पाएपछि भक्तपुरको यात्रा तय गरेको छ ।

यहि असोज २६ गते शुक्रबार भक्तपुरको शुभकामना पार्टी प्यालेसमा दिउँसो ११ बजेपछि विशेष सांस्कृतिक कार्यक्रमका साथ प्रदर्शनको तयारी भएको निर्देशक एवं नायक दोङले जानकारी दिनुभयो ।

असोज १ गते राष्ट्रिय नाचघर जमलमा गरिएको पहिलो विशेष प्रदर्शनमा दर्शकहरुले रुचाएपछि चलचित्र ङिङ्जे परिवार अन्य ठाउँहरुमा पनि प्रदर्शनका लागि हौसिएको हो ।

कार्यक्रममा चर्चित गायक एवं संगीतकार सञ्जीव वाईबा,निमा दोङ,रोशन फ्युवा,उत्तर लामा संगुल,सुवास मोक्तान,प्रयास दोङ,जितु लोप्चन,वाईएसके ग्रुप,प्रतिक मोक्तान,च्वाईस दोङ,सुमिना लो, अविशेक तामाङ, सुशिल तितुङ लगायत कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहनेछ ।

सांस्कृतिक कार्यक्रमपछि तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको ‘ङिङ्जे’ प्रदर्शनको तयारी छ ।
चलचित्रमा पछिल्लो समय तामाङ चलचित्र जगतमा महानायकको रुपमा चिनिएका दोङलाई अहिलेको नयाँ अवतारको रुपमा नयाँ नै गेटअप र लुक्स्मा देख्न सकिन्छ ।

सामाजिक दुराचार,दुव्र्यसनमुक्त समाज बनाउन गरिएको संघर्ष चलचित्रमा उधिनिएको निर्माण पक्षले जनाएको छ । तामाङ संस्कार संस्कृतिलाई समेत समेटिएको यो चलचित्र एक सामाजिक तथा पारिवारिक कथा वस्तुमा तयार पारिएको निर्देशक दोङले स्पष्ट पार्नुभयो ।

ऋतुराज पाख्रिनको कथा लेखन रहेको यो चलचित्रमा अमिर दोङ,सुस्मा थिङ,सजिना लोप्चन,सुस्मा मोक्तान,कुइसाङ रुम्बा,नोर्साङ दोङ,भुइसल लामा,मोनिका मोक्तान,पदम दोङ,दिपेन्द्र लोप्चन,सोम मोक्तान,राज गोले,रन्जिता स्याङतान,अनिता नेगी,माया मोक्तान,दोर्जे मोक्तान,प्रवल थिङ,विशाल थिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पेमा लामा योञ्जनको प्रस्तुती ङिङ्जेमा सह निर्देशकको रुपमा कुइसाङ रुम्बा हुनुहुन्छ । विक्रम मोक्तान र त्रिलोक लामाको छायांकन रहेको चलचित्रको सम्पादन विक्रम मोक्तानले गर्नुभएको हो ।

दिपेन्द्र लोप्चन र रन्जिता स्याङतान निर्माता तथा प्रविनकुमार तामाङ सहनिर्माता रहेको यो चलचित्रमा राजु तामाङको द्धन्द,कृष्ण ब्लोनको कोरियोग्राफी,रेशम लामाको मेकअप र त्रिलोक लामाको कलरिङ रहेको छ ।

च्वाइस दोङ र रोशन लामाको संगीत रहेको चलचित्रमा समावेश गीतहरुमा विशाल काल्तान,रोशन लामा,हावा लामा,जितु लोप्चन,निर्मला घिसिङ,रन्जिता घिसिङको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !