काठमाडौं–तामाङ समुदायबाट कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकारहरुको छाता संगठन तामाङ कलाकार संघले नयाँ कार्यससमिति बनाएको छ ।

विश्व दोङ नेतृत्वको संघले भव्य रुपमा वार्षिक साधारणसभा एवं अधिवेशन गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।

राजधानीमा नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश खानेपानी उर्जा तथा सिञ्चाईंमन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न संघको आठौं अधिवेशनबाट विशाल काल्तानको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।

सर्वसम्मत रुपमा अगामी कार्यकालका लागि कार्यसमिति चयन गरिएको संघका संल्लाहकार सञ्जिव वाइबाले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्नुभएको छ ।

पछिल्लो दशक सेलो संगीत क्षेत्रमा व्यवसायिक रुपमा सफल मानिएका काल्तानलाई अध्यक्षमा चुनेको संघको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ र उपाध्यक्षमा सुभाष मोक्तानलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै संघको महत्वपूर्ण कार्यकारी पद महासचिवको जिम्मेवारी खेम मोक्तानले पाउनुभएको छ । सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामालाई चयन गरिएको छ ।

संघको सदस्यहरुमा बुद्ध लामा,जितु लोप्चन,रेश्मा बम्जन,आस्मान लोप्चन,जीबन बम्जन,बैरागी मोक्तान,लक्ष्मी स्याङतान,अञ्जु थोकर,मिन योञ्जन,बसन्ती लामा,अनिता गोले,सुमिना लो,मिलन थिङ पराङ,प्रदिप लामा र स्मारिका थिङ तामाङ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !