तेमाल–काभ्रेको तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट अधिवेशन तथा १३ औं गाउँसभा असार १० गते आइतबार शुरु हुने भएको छ ।
सभाको वागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थ लामाले उद्घघाटन गर्ने तय भएको छ । मन्त्री लामाले गाउँसभालाई विशेष सम्बोधन गर्ने तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङले जानकारी दिनुभयो ।
गाउँसभामा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत हुने उपाध्यक्ष दलमान थोक(डिएम)ले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालका अनुसार गाउँसभाका दिन आइतबार गाउँपालिकाले दिने सबै सेवा प्रवाह बन्द रहने छ ।
यस सम्बन्धमा पालिकाले सार्वजनिक रुपमा सूचना नै जारी गरेको छ ।
सूचना यस्तो छ :