काभ्रे–खानीखोला गाउँपालिकाको वार्ड नम्बर ६ का ६० विद्यार्थीलाई रक्षा नेपाल सामाजिक संस्थाले स्टेशनरी सहयोग गरेको छ । स्थानीय सरकारी विद्यालयका ६० जना विद्यार्थीलाई एक बर्षको लागी पुग्ने कपि र स्कूल ब्याग उपलब्ध गराएको हो ।

विगत उन्नाइस वर्ष देखी यौंनजन्य हिंसा तथा बलात्कार विरूद्ध उद्धार र पुर्नस्थापनामा अग्रणी भूमिका खेलीरहेको रक्षा नेपालले तालढुङ्गामा आएर यस खालको सहयोग गरेको हो ।

यो संस्थाले यहाँ रहेको “डाडापारी दिगो तारा महिला सहकारी” संस्थामा आबद्ध सय जना महिलालाई “ऊद्यमसिलता र सशक्तिकरण” तालीम पनि दिएको छ ।

दुई दिने उक्त तालिम समापन तथा विद्यार्थीलाई स्टेसनरी वितरण समारोहमा उपस्थित खानीखोला गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष बृहस्पति घिसिङले रक्षा नेपालले यस्तो विकट ठाउँमा आएर मद्दत गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले रक्षा नेपाललाई भविष्यमा पनि सहयोग जारी राख्न अपिल गर्नुभयो ।

त्यस्तै न्यायिक समितिका सदस्य देवनसिं लामाले ग्रामीण भेगमा कठिन जीवन बिताईरहेका आमा दिदीबहिनी र साना स्कूले बिधार्थीलाई अमुल्य सहयोग गरेको भन्दै रक्षा नेपालका संस्थापक मेनुका थापालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !