
चुखा–काभ्रेको तेमाल गाउँपालिका वडा नं. २ ले विद्यार्थी प्रोत्साहन कार्यक्रम घोषणा गरेको छ । सो वडामा रहेको एक मात्र माध्यमिक विद्यालय सर्वोद्धार माविमा अध्यनरत विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम गरिन लागेको हो ।
२ नं. वडा कार्यालयले एसईई परिक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई १ लाख सम्मको नगद पुरस्कार दिने सूचना बुधबार सार्वजनिक गरेको छ ।
गाउँपालिका वडा नं.२ वडा कार्य समितिको माघ २० गते बसेको बैठकले सो निर्णय गरेको वडा अध्यक्ष देवराज लामाले स्पष्ट पार्नुभयो ।
यो वर्ष एसईई परीक्षामा सर्वोत्तम अर्थात ९० प्रतिशत वा सो भन्दा माथि अंक ल्याउने विद्यार्थीले १ लाख रुपैयाँ, अत्यूत्तम अर्थात ८० प्रतिशत वा सो भन्दा माथि ९० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले ७५ हजार रुपैयाँ र ७० प्रतिशत वा सो भन्दा माथि ८० प्रतिशत भन्दा कम अंक ल्याउनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष लामालद्धारा जारी सूचनामा उल्लेख छ ।
विद्यार्थीलाई सहयोग पुगोस्, विद्यार्थीको अध्ययनमा थप प्रेरणा मिलोस्,गुणास्तरीय शिक्षाको विकास तथा विद्यार्थी प्रोत्सानको लागि यो वर्ष एसईई परीक्षामा बी प्लस देखि ए प्लस अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष लामाले बताउनुभयो ।
सूचनासहित