काठमाडौं–सेलो गायक एवं संगीतकार विश्व दोङको ‘माया भन्दा ठुलो जात हैन’बोलको गीत पश्चात अचेल दर्शकमाझ ‘हेर्दैमा राम्री’ सेलो गीतको चर्चा रहेको छ ।
यो गीतको म्युजिक भिडियो बनेपछि बजारमा यसको थप चर्चा चलेको हो । गीत युटुब,रेडियो,सार्वजनिक गाडी,दर्शक स्रोताका मोबाईलसम्म छाएको छ ।
भिडियो सार्वजनिक गर्दै गर्दा अडियोमा करिब ३१ लाख दर्शकले युटुबमा हेरिसकेको उक्त गीतको भिडियो अहिलेसम्म करीव डेढ लाख दर्शकले हेर्न भ्याएका छन् भने भिडियो सार्वजनिक भएपछि थप चर्चाका कारण यो साता मात्रै युटुबको अडियो थप २ लाख बढिले सुने हेरेका छन् ।
अडियोमै यति धेरै चर्चा पाएपछि निर्मित भिडियो विश्व दोङकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस अघिको ‘माया भन्दा ठुलो जात हैन’बोलको सेलो मार्फत मनोरञ्जनका साथै सामाजिक जागरणको सन्देश समेत बाँडेको दोङले यो पटकको गीत ‘हेर्दैमा राम्री’मार्फत विशुद्ध रुपमा सच्चा माया तथा दुई मन बीचको पलाएको विश्वासको कुरा फिजाउँनुभएको छ ।
नेपाल आर्मीको पोसाकमा गायक दोङ आफैले गरेको अभिनय र मोडल सोङ्मित थिङको अभिनय पनि दर्शकले मन पराएको बुझ्न सकिन्छ । सुन्दरी चटपटेवालीले चटपटे खाना आएका आर्मीलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गर्नुभएको छ ।
कुमार बोम्जनको शब्द रचना,गायक दोङको संगीतमा दोङ र जनवादी गायिका कमला दोङको सुमधुर अवाज रहेको गीतको भिडियो जर्सिङपौवाको रमणीय स्थलहरुमामा छायांकन गरिएको हो ।
भिडियोसहित