ल्होछार भव्य रुपमा मनाउने तयारी

खानीखोला–काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ समुदायको नयाँ वषर्् एवं सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको शुक्रबारको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले जानकारी दिनुभयो ।

ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले विविध कार्यक्रम गरी तीन दिन ल्होछार मनाउने जनाएको छ । अध्यक्ष थिङका अनुसार पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा÷डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको हो ।

ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउने अध्यक्ष थिङको भनाई छ । उहाँका अनुसार ल्होछार मुल आयोजक समितिको सचिवमा गैरतामाङ समुदायको व्यक्तिलाई जिम्मेवारी दिइएको छ । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा गठित ३५ सदस्यीय ल्होछार मुल आयोजक समितिले ल्हाछारलाई भव्य रुपमा मनाउने तयारी गरिरहेको समिति संयोजक जिम्बाले बताउनुभयो ।

उहाँका अनुसार व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र समेत दिइनेछ । त्यस्तै ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ कार्यक्रममार्फत् सम्मान गरिने तयारी समेत भएको संयोजक जिम्बाले जनाउनुभयो ।

चन्द्रपात्रो अनुसार १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार ल्होछार पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !