
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट विकास कार्यक्रमको उत्साह
तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ का किसानले कृषि सामाग्री पाएका छन् । गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर(डिएम)ले बिहीबार यहाँका किसानह?लाई टेलर, स्प्रेयर पम्प,बिषादी,आलु बीउ लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
तेमाल गाउँपालिका कृषि शाखा र फुलबारी तरकारी बीउ उत्पादक सहकारी सस्थां लिमिटेड तेमाल–१ को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष थोकरले उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना रहेको बताउनुभयो । यसका लागि यान्त्रीकरण गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले यो कार्यक्रमले त्यसतर्फ लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
उपाध्यक्ष थोकरले यहि क्रममा पालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अगाडि सारेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ५० प्रतिशत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री वितरण गरेको छ । सो अवसरमा किसानलाई १० थान मिनि टेलर, १ थान पावर टेलर,ड्याङ बनाउने टेलर, स्पे्रयर पम्प २० थान, बिषादी, आलु बीउ बीउ ९ हजार ८ सय केजी वितरण गरिएको हो ।
कार्यक्रममा तेमाल गाउँपालिकाको कृषि शाखा प्रमुख कुलदिप पहाडी,फुलबारी तरकारी बीउ उत्पादक सहकारी सस्थांका अध्यक्ष कालिप्रसाद पाण्डेले स्थानीय जनताको जीवनस्तर उठाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत यो आयोजनाको लागि २४ लाख बजेट व्यवस्था गरिएको छ ।