
काभ्रे–काभ्रेको तेमाल गाउँपालिकाको आयोजनामा मंगलबार शुरु गरिएको निशुल्क आँखा शिविर कार्यक्रम पालिका उपाध्यक्ष दलमान थोकर(डिएम)को अध्यक्षतामा सम्पन्न भयो ।
लायन्स क्लब अफ काठमाडौं कन्चन्जङ्गाको प्राविधिक सहयोगमा यहि पुष २६ गतेदेखि २८ गतेसम्म निःशुल्क शल्यक्रिया सहितको शिविरमा ४५० जनाको आँखा परिक्षण गरिएको थियो । यसमा मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने ४४ जनाको सफल शल्यक्रिया गरिएको छ ।
शिविरको समापन गर्दै गाउँपालिका उपाध्यक्ष थोकरले स्थानीय सरकारसँग प्राविधिक सहकार्य गरेकोमा लायन्स क्लब अफ काठमाडौं कन्चन्जङ्गाका प्रतिनिधि तथा चिकित्सकहरुको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले तेमाल गाउँपालिका तेमालका जनता तथा यस्तै संघसंस्थासँग सहकार्य गरी जनताको स्वास्थ्य,शिक्षा,कृषि,सामाजीक क्षेत्रको विकासका पक्षमा अघि बढ्ने क्रममा यस खालको सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
पालिकाले केहि दिन अगाडी मात्रै प्रत्येक वडा तथा गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।