
काठमाडौं–नेपाल आयल निगमले आइतबार पेट्रोल,डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ३÷३ रुपैयाँ घटाएको छ ।
अब आइतबार मध्यरातीदेखि पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टितेल १७२ रुपैयाँमा बजारमा उपलब्ध हुने निगमले जनाएको छ ।
निमगले जारी गरेको पछिल्लो रेट अनुसार खाना पकाउने एलपी ग्यासको मुल्य भने हाललाई यथाबत राखिएको छ ।
निगमले हवाइ इन्धन आन्तरिक तर्फको प्रतिलिटर २० रुपैयाँ घटाएको छ । अब १७० कायम गरिएको छ । निमगमका अनुसार बाह्यतर्फको प्रतिकिलोलिटर अमेरिकी डलर २२५ घटाएपछि १४२० कायम भएको छ ।
हेर्नुहोस् सूचना