काभ्रे– काभ्रेको विकट क्षेत्र मानिने कोशपारीको चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन कुडारी स्वास्थ्य चौकीले एम्बुलेन्स प्राप्त गरेको छ । स्थानिय डा.राम लामा र इन्जिनियर लक्ष्यमण लामाको विशेष पहलमा रोटरी क्लव अफ धुलिखेल,अष्टेलियका रोटरी क्लवहरुको सहयोगमा एम्वुलेन्स प्राप्त गरेको हो ।
शुक्रबार एक कार्यक्रमका वीच सहयोगी दाताका प्रतिनिधीहरुले वडा अध्यक्ष चन्द्र लामा मार्फत स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेनस सञ्चालनमा आए पछि वडाका पाँच सय घर धुरधुरीका साथै छिमेकी वडा वासीहरुलाई समेत प्रत्यक्ष लाभ हुने स्थानिवासीको भनाई छ ।
उच्च मानविय सहयोगका लागी स्थानियवासीहरुले सहयोगी दाताहरुलाई हार्दक आभार समेत ब्यक्त गरीएको स्थानिय सामाजिक अभियन्ता सञ्जीव वाईवाले वताउनु भयो ।