कञ्चनपुर–भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली नदी किनारमा तटबन्ध निर्माणको काम पुनःथाल्ने क्रममा स्काभेटरको प्रयोग गरेर तटबन्ध निर्माणका लागि नेपाली भूभागबाट ढुंगा समेत लगेपछि दार्चुलास्थित सीमामा तनावपूर्ण स्थिति देखिएको छ ।

स्काभेटरको प्रयोग गरी नेपालबाट ढुंगा लैजान नपाउने र नेपाली भूभाग डुबाउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै आक्रोशित स्थानीयले बुधबार त्यसको विरोधमा पारिपट्टी ढुंगा प्रहार समेत गरेका छन् भने व्यास सडक समेत अबरुद्ध गरे ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतीय समकक्षीसँग वार्र्ता गर्ने बताएपछि अबरुद्ध सडक सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय कानूनलाई उल्लंघन गर्दै भारतले पटक–पटक सीमा क्षेत्रमा यस्ता गतिविधि बढाएपछि स्थानीय आक्रोशित हुन् ।

भारतीय पक्षले लामो समयदेखि रोकेको तटबन्ध निर्माणको काम मंगलबारबाट पुनः सुरु गरेको हो । दार्चुला सदरमुकामको बंगाबगड क्षेत्र भन्दा ठिक पारि भारतले गतवर्षदेखि एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ ।

from https://www.nepalkhabar.com/sudurpaschim/147206-2022-11-2-19-39-12

प्रतिक्रिया दिनुहोस !