• विभागिय जिम्मेवारी समेत तोकियो-नयाँ कार्यसमितिलाई सहयोग रहने पूर्वअध्यक्ष थोकरको उद्घोष
  • सबैको एकताबाट नै तामाङ घेदुङ साइप्रसले लिएको उद्धेश्य पुरा हुने वरिष्ठ उपाध्यक्ष थिङको भनाई

साइप्रस–नेपाल तामाङ घेदुङ साइप्रसले अक्टोबर ३० मा नयां कार्यसमिति चयन गरेको छ । यहाँस्थित लिमासोलमा आयोजित छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिबेशनले सुनीमाया डिम्डुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा निर्मला थिङ तामाङ,अर्का उपाध्यक्षमा राजु वाईवा तामाङ र महासचिवमा राजमान ग्लान तामाङ चुनिनुभएको छ । अधिवेशनबाट सचिवमा कृपा घिसिङ तामाङ,कोषाध्यक्षमा किन्जाङ घिसिङ तामाङ,सह–कोषाध्यक्षमा सुवाश थोकर तामाङलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सानुमाया लोप्चन तामाङ,विष्णु माया घिसिङ तामाङ,डिकु पाख्रीन तामाङ,बबिता घिसिङ तामाङ,अञ्जु घिसिङ तामाङ,कमला थिङ तामाङ,विशाल पाख्रीन तामाङ,रञ्जु बम्जन तामाङ,रञ्जिता तामाङ (छेपाल्मो),डोल्मा ह्योल्मो तामाङ,हर्क लाल थिङ तामाङ,नानी माया मोक्तान तामाङ,सुष्मा पाख्रीन तामाङ,लक्ष्मी लोप्चन तामाङ,खुसी थिङ तामाङलाई चयन गरिएको छ ।

यसैगरी विभिन्न विभागहरुको जिम्मेवारी समेत तोकिएको छ । घेदुङ साइप्रसको लामा विभाग प्रमुखमा माया ग्लान तामाङ,अनुशासन तथा मुल्यांकन विभाग प्रमुखमा सुमित्रा बम्जन तामाङ,युवा विभाग प्रमुखमा असुनी तामाङ र संस्कृति विभाग प्रमुखमा अङ्गेलि तामाङ (माया) ले जिम्मेवारी पाउनुभएको छ ।

‘तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको संम्वर्दन’ भन्ने मुल नाराको साथ स्थापना गरिएको नेपाल तामाङ घेदुङ साइप्रसको नयाँ कार्यसमिति आफ्नो उद्धेश्यअनुसार थप व्यवस्थीत ढंगबाट सक्रिय रहने नवनिर्वाचित अध्यक्ष डिम्डुङले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले साइप्रस आएका नेपाली तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्नो समस्या र नेपालमा रहेका तामाङहरुको समस्यामा मलम लाउने प्रयासदेखि सांस्कृतिक जागरणमुखि कार्यक्रमहरुबाट आफ्नो समुदायको भाषा,धर्म संस्कृतिको संरक्षणका काममा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

निवर्तमान अध्यक्ष लक्ष्मी ब्लोन र पूर्व अध्यक्ष साङमो थोकर तामाङ लगायतले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत पनि सन्देश जारी गर्दै पूर्वअध्यक्ष थोकरले नयाँ कार्यसमितिलाई आफूहरुको तर्फबाट भरमग्दुर सहयोग रहने बताउनुभएको हो । उहाँले आफ्नो कार्यकालमा थुप्रै राम्रो कामहरु भएको दावी गर्दै अब अहिलेको अध्यक्षको कार्यकालमा झन राम्रो उत्कृष्ट काम हुने विश्वास व्यक्त गर्नुभयो ।

नव निर्वाचित वरिष्ठ उपाध्यक्ष निर्मला थिङले सबैको एकताबाट नै तामाङ घेदुङ साइप्रसले लिएको उद्धेश्य पुरा हुने बताउनुभयो । तामाङ समुदायको संस्कृतिको संरक्षण र समृद्धिमा साइप्रसलाई कर्मथलो बनाईरहेका तामाङ दाजुभाई तथा दिदीबहिनीहरुको पनि महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।

उहाँले यो नयाँ निर्वाचित कार्यसमिति यहाँ कार्यरत सबै तामाङ दाजुभाई दिदीबहिनीका साथै जन्मभूमिका रहेका समुदायको साहरा बन्ने प्रयत्नका साथ थप शसक्त ढंगले गर्ने लागि पर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

वैदेशिक रोजगार तथा व्यवसायका क्रममा साइप्रसमा रहेका सम्पूर्ण तामाङहरुमाझ सहयोग आदानप्रदान,सांस्कृतिक जागरण,सद्भाव,भातृत्वको विकासमार्फत एकतामा जोड दिदै आएको घेदुङ साइप्रसले नेपालका तामाङ समुदायको आपतविपतमा समेत उदाहरणीय सहयोगका कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !