बहुतले सवारी पार्किङ स्थलको अवधारणा

बनेपा–काभ्रेको बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति,कार्यक्रम र बजेट एकसाथ सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित बजेट अधिवेशनमा नीति,कार्यक्रमका साथै १ अर्व ५५ करोड २४ लाखको बजेट प्रश्तुत गरिएको हो । जसमा आन्तिरक आय ३३ करोड,वागमती प्रदेश,संघिय सरकार बाट गरी कुल बजेट १ अर्व ५५ करोड २४ लाखको मोटामोटी बजेट देखिएको छ । सभामा उपप्रमुख बिमला सापकोटाले बजेट तथा आर्थिक बिद्येयेक प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख शान्तिरत्न शाक्यद्धारा प्रश्तुत नीति तथा कार्यक्रमले बनेपाको सुन्दरता,फोहोर मैला व्यवस्थापन गर्ने र डुबान रोक्ने कार्यलाई जोड दिएको छ ।
‘हाम्रो रहर सफा शहर’ भन्ने नारालाई व्यापक ?पमा प्रचार प्रसार गरी आफूले उत्पादन गरेको फोहोर आफ्रनै घर आँगन भित्रै व्यवस्थापन गर्न उत्प्रेरित गर्ने कार्यक्रम तत्कालैबाट कार्यान्वयनमा ल्याइने नीति ल्याएको हो । यसका लागि सार्वजनिक स्थानमा फोहोर निस्कासन कार्यको अनुगमन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्तिलाई कडा कानूनी कारवाही हुने व्यवस्था मिलाइने नीति अंगीकार गर्ने भएको छ ।

जैविक र अजैविक फोहोर घरघरमै वर्गीकरण गरी घरायसी जैविक फोहोर व्यवस्थापनका लागि गड्यौला खेती, कौशी खेती र फोहरबाट मल बनाउने प्रविधिको अनुशिक्षण र अभ्यासका लागि आवश्यक उपकरण सहयोग गर्ने वातावरण मिलाइने कुरा नीति,कार्यक्रममा उल्लेख छ । बनेपाको खोलाको दाँयाबाँया किनारमा हरित बेल्ट सहित करिडोर निर्माणका लागि अध्ययन गर्ने प्रतिवद्धता समेत लिएको छ ।

सवारी पार्किङको अस्तव्यस्ततालाई दृष्टिगत गरी बहुतले सवारी पार्किङ स्थल निर्माणको अवधारणा ल्याएको छ । अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने नीति लिएको छ ।

वर्षेनी डुवानमा पर्दै आएको पुल बजार लगायत क्षेत्रको समस्या समाधानमा विशेष जोडका साथ लाग्ने नीतिमा उल्लेख छ । यसका लागि करिडोर निर्माणका कामलाई जोड दिईएको छ ।

यसका साथै नगरले एकिकृत खानेपानी आयोजना कार्यन्वयन,शिक्षा,स्वास्थ्य,संस्कृति र सम्पदा,पर्यटन लगायतका क्षेत्रलाई पनि महत्वका साथ नीति तथा कार्यक्रममार्फत सम्बोधनको प्रयास गरेको छ ।

पूर्णपाठ : नीति,कार्यक्रम र बजेटसहित

 

प्रतिक्रिया दिनुहोस !