रोशी–काभ्रेको रोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ११ औं गाउँसभामार्फत शुक्रबार नीति,कार्यक्रमका साथै बजेट सार्वजनिक गरेको छ । सभामा गाउँपालिका अध्यक्ष एवं गाउँसभामा अध्यक्ष दिनेश लामाले रोशीको समग्र विषयगत क्षेत्रको विकासबारे नीति,कार्यक्रम प्रश्तुत गर्नुभएको हो ।

पालिका केन्द्रसम्म जोड्ने प्रत्येक वडाका सडकहरुमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न जोड दिइएको छ । यसका लागि सडक गुरुयोजना निर्माण गरी सडकहरुको स्तरउन्नती गर्ने नीति लिएको छ ।

गौरवका आयोजनाहरुको निरन्तरता,पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न तदारुकता, लघु जलविद्युत आयोजनाको संरक्षण,स्तरीय शिक्षादेखि स्वास्थ्य सेवा तथा ६० वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्थासम्मका नीति कार्यक्रमहरु यो पटक समेटिएका छन् ।

सभामा अध्यक्ष लामाद्धारा प्रश्तुत आर्थिक विकास,सामाजिक विकास,पूर्वाधार विकास,वातावरण तथा विपद् व्यवस्थापन,संस्थागत विकास लगायतका क्षेत्रका नीति,कार्यक्रमहरु र उपाध्यक्ष मिमबहादुर वाइबाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरिएको जनाएको छ ।

सभामा कुल रकम ७१ करोड ४६ लाख ८२ हजा बराबरको बजेट प्रश्तुत गरिएको छ । सभामा संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !