नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गते सम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ हुने भएको छ ।
आरोहण,गुरूकुलको सहआयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका लागि तयारी अवस्थामा रहेको प्रतिष्ठानले जनाएको छ ।
आयेजकका अनुसार नाट्य उत्सवमा रङ्गभूमि एकेडेमी धरानको तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’,लाप्चा उत्थान मञ्च ईलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज ओखलढुङ्गाबाट राई भाषाको ‘सुश्री सुम्निमा’,सुम्निमा थिएटर ललितपुरको पुमा भाषाको ‘होङ्छा’,चुलाचुली रङ्गमञ्च इलामको लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाको अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुनेछन् ।
उत्सव अन्तर्गतका यि नाटकहरु साँझ ५ः३० बजे काठमाडौंको थापागाऊँ स्थित कुञ्ज नाटक घर(आरोहण,गुरूकुल) मा मञ्चन हुने तय भएका छन् ।