असार १० गते दशौं गाउँसभा गर्ने निर्णय

चौरीदेउराली–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको बुधबारको बैठकले यसैबीच बैठकले विभिन्न विषयगत समितिहरु गठन गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंको अध्यक्षतामा सम्पन्न भएको बैठकबाट प्रवक्ता तोकिनुका साथै विषयगत समितिको गठन,समितिको संयोजक चयन लगायतका महत्वपूर्ण निर्णहरु भएको जनाएको छ ।

गाउँपालिकाको प्रवक्तामा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस अघि पनि वडा अध्यक्षमा निर्वाचित तामाङ दोस्रो कार्यकालमा प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।

प्रवक्ता तामाङका अनुसार सामाजिक बिकास समिती संयोजकमा वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, पूर्वाधार बिकास समिती संयोजकमा वडा नं. ६ का वडा अध्यक्ष किशोर गिरि, आर्थिक बिकास समितिको संयोजकमा वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौलागाईं, संस्थागत बिकास तथा सुशासन समितीको संयोजकमा वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौलागाईं, बन तथा वातावरण समितीको संयोजकमा वडा नं. १ का वडा अध्यक्ष सुशील लामा, बिधान समितिको संयोजकमा वडा नं. ७ का वडा अध्यक्ष चन्द्रराज लामा र लेखा समितिको संयोजकमा वडा नं. ९ का वडा अध्यक्ष रामबहादुर लामालाई तोकिएको छ ।

बैठकले विहिबार कार्यपालिकाको बैटक बसी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने र असार १० गते दशौं गाउँसभा गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !