
तेमाल–काभ्रेको तेमालमा नेकपा एमालेको वडा–वडामा स्थानीय वडा कमिटिहरुले वडाका उम्मेद्वारलाई लिएर घर दैलो अभियान चलाइरहेकै छन्,पालिका नेतृत्वको उम्मेद्वारसहितको टोली पनि दोस्रो दिन तेमालको वडा नं. २ को वस्ती वस्तीमा पुगेको छ ।
वडा नं. १ आधाबाट भएको अभियान मंगलवार लामागाउँ हुदै चुखा,डाँडागाउँ,चुखावेशी,खरहेघाट हुदै यो टोली वडा नं. ३ सरमथलीतर्फ मोडिएको छ ।
यो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तेमाल गाउँपालिकाका अध्यक्षका उम्मेद्वार इन्द्र तामाङ,उपाध्यक्ष सम्तेन लामा लगायतको टोली जनताको समस्या बुझ्दै आफ्नो प्रतिवद्धता बोकेर बस्ती बस्ती छिरेको नेकपा एमाले तेमाल गाउँ कमिटि इञ्चार्ज एवं जिल्ला सचिवालय सदस्य जेनिश लामाले जानकारी दिनुभयो ।
अभियानको क्रममा अध्यक्षका उम्मेद्वार इन्द्र तामाङले आफूलाई तेमालको साझा नेताको रुपमा उभ्याउनुभएको छ । उहाँको प्रतिवद्धता छ –‘म यो माटोको छोरा हुँ,त्यो पार्टी,ऊ पार्टी भनेर आएको हैन,सबैको भावनाको कदर गरी सबैको सल्लाह सुझाव मागेर तेमालको विकास गर्छु,तपाईहरुकै सेवा गर्न आएका हौं,त्यसैले हामो सुर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन गर्न म अनुरोध गर्दछु ।’
यद्यपी कोणसभालाई सम्बोधन गर्दै उहाँले तेमालमा एमालेको जित सुनिश्चित भइसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘यहाँहहरुको सहयोग रहनेमा हामी विश्वस्त छौं,हाम्रो जित सुनिश्चित भइसकेको छ,वैशाख ३० गते मात्र ढुवाङमा मतको रुपमा व्यक्त हुन मात्रै बाँकी छ ।’
एमालेका इन्द्र तामाङ,सम्तेन लामा जित्दा केवल व्यक्ति मात्र जित्नु नरहेको भन्दै उहाँले तेमाल र तेमालका जनताको जित हुने गरी काम गर्ने बताउनुभयो ।
खुसीयालीमा नेतादेखी कार्यकर्ताले नाचगान गरेका छन् ।
अभियानका क्रममा घरदैलोमै पुगेका उम्मेद्वार एवं नेताहरुलाई स्थानीय जनताले खुलेर आर्शिवाद दिएका छन् । पालिका नेतृत्वको घर दैलो अभियानमा वडा नं. १ मा वडा अध्यक्षका उम्मेद्वार इन्द्र अधिकारीको टोली,२ नं. वडाका वस्तीहरुमा २ नं. वडाका वडा अध्यक्षका उम्मेद्वार वीरनन्द तामाङ सहितको वडाका उम्मेद्वारहरु,पार्टीका स्थानीय नेता,कार्यकर्ता र शुभेच्छुकहरुले साथ दिए ।