भकुण्डे–नेकपा एमाले नमोबुद्ध नगर कमिटिले स्थानीय तह निर्वाचनको सन्दर्भमा नगरको प्रतिवद्धतापत्र मंगलवार सार्वजनिक गरेको छ । घरदैलो अभियनाकै क्रममा नर प्रमुखका उम्मेद्वार राजन भुर्तेल,उपप्रमुखका उम्मेद्वार सम्झना लामा,एमाले केन्द्रिय सदस्य पूर्व मन्त्री रेशम लामा,बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद चन्द्र लामा,गोमा भुर्तेल,जिल्ला उपसचिव राजकुमार सापकोटा,नमोबुद्ध नगर कमिटि सह–इञ्चार्ज राकेश लामा,प्रचार प्रसार विभाग उपसंयोजक भोजराज तिमल्सिना लगायतका नेताहरुको टोलीले जनतामाझ आगामी ५ वर्षमा नमाबेुद्ध नगरलाई कस्तो बनाउने भन्ने बारेको संकल्पसहितका योजनाहरु सार्वजनिक गरेको हो ।
प्रतिवद्धतापत्रको पूर्णपाठ हेर्नुहोस्

सुशासन, समृद्धि र समाजवादको आधार
पालिका–पालिकामा एमालेको सरकार

स्थानीय निर्वाचन–२०७९
नेकपा (एमाले) नमोबुद्ध नगरपालिका कमिटीको

प्रतिबद्धता पत्र

आदरणीय नगरबासी दिदीबहिनी तथा दाजुभाइहरू,
हार्दिक अभिवादन !

स्थानीय तहको दोश्रो ऐतिहासिक निर्वाचनको संघारमा हाम्रो पार्टी नेकपा (एमाले) नमोबुद्ध नगर कमिटि राष्ट्रियताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवाद स्थापनाको लागि भएका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने आदरणीय अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उक्त आन्दोलनहरुमा भएका घाईते तथा अपांग योद्धाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
यही वैशाख ३० गते नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । यसले संघीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्नेछ । यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल नमोबुद्ध नगर निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प सहित यो प्रतिबद्धता पत्र जारी गर्दछ ।

जनतालाई सँधै सर्वाेपरी मान्ने हाम्रो पार्टी यो कुरामा विश्वास गर्दछ कि स्थानीय तहको सरकार सञ्चालन, स्वयम् मतदाताले नै स्वशासनको प्रत्याभूत गर्नसक्ने कुुरामा विश्वास गर्दै जनताको घर, आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ अघि बढ्दै आएको छ । नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति बन्ने कुरामा दृढ विश्वास गर्दछ । माकर््सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो । सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञरत छ ।

यही मान्यतालाई आत्मसात गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरका आदरणीय जनसमुदायले हाम्रो पार्टी नेकपा (एमाले) लाई अत्याधिक बहुमतकासाथ बिजयी गराउनु भयो । विजयपश्चातको यो अवधीमा हाम्रो पार्टीबाट बिजयी हुनुभएका जनप्रतिनिधिहरुले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरु समक्ष विदितै छ ।

देश भर्खरै संघीय शासन प्रणालीमा रुपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि सविधानले ब्यवस्था गरेका एकल अधिकार तथा साझा अधिकारहरुको कार्यान्वयनको चुनौतिको बिचमा हामीले नगरमा विजय हासिल गरेका थियांै । नगरपालिकाको प्रथम जननिर्वाचित सरकारको हिसाबले जनशक्ति ब्यस्थापनका साथै संविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरुमा कानूनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसँग थियो । यसका साथसाथै जनतालाई दिनुपर्ने सेवा तथा नगरका विकासका कामलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तब्य थियो । यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ । नगरको आफ्नै कार्यालय संरचना समेत नरहेको अवस्थमा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथ आयआर्जन र गरिबी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको कुरा हामीले यस प्रतिबद्धता पत्रमा समावेश गरेका छौँ ।

हामी जुन गतिमा कार्य सम्पादन गरिरहेका थियौं विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण करिब दुई बर्ष स्थानीय सरकारका काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ । यसका अलावा संघीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा जनादेशको विस्थापन र परमादेशमा भएको सरकार परिवर्तनले समेत ठूलो प्रभाव पार्न गयो । बिगत एक वर्षदेखि गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौँ महङ्गी र कालोबजारीका साथै मूल्य बृद्धिले थिलथिलो बनाएको विषय यहाँहरुले भोगी नै रहनु भएको छ ।

आदरणीय सुशासन प्रेमी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
हामीले पाँच बर्षमा नगरविकासका धेरै आधारशीलाहरु निर्माण गरेका छांै । यसको पूर्णता भएमा मात्र नगरको आर्थिक, सामाजिक रुपान्तरण मार्फत समृद्ध नगर निर्माणको लक्ष्य पूरा गर्न सक्दछांै । यसका लागि यहाँहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा (एमाले) को सूर्यध्वजावाहक मेयर पदका उम्मेदवार राजन भुर्तेल र उपमेयर पदका उेम्मेदवार सम्झना लामाको नेतृत्वमा नगरका एघार वटै वडामा उम्मेदवार हुनुभएका कमरेडहरुलाई अत्याधिक बहुमतकासाथ विजयी गराउनका लागि नमोबुद्ध नगरका आम मतदाताहरुमा हार्दिक अनुरोध गर्दछौँ ।

हाम्रा सङकल्पहरु :

-हाम्रा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गर्नेछन् ।
-हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्नेछन् ।
-हाम्रो नगर सुशासनको नमूना नगर बन्नेछ ।
-हाम्रा जनप्रतिधीहरुले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।
-हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्नेछैनन् र कडाइकासाथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।
-पाँच बर्षभित्रमा दीगो विकास लक्ष्यका सबै सूचकहरु पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरणमा र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गरिनेछ ।

न्यायप्रेमी जनसमुदायहरू,
आम निर्वाचन २०७४ मा तपाईहरूले नेकपा (एमाले) र एमाले नेतृत्वको बामगठबन्धनप्रति अपार भरोसाकासाथ समर्थन गर्नुभएको स्मरण गर्दछौँ । पछि हामीले त्यसलाई पार्टी एकीकरणका रुपमा विकास ग¥यौं, नेकपा गठन ग¥यौंं र राजनीतिक स्थिरताको आधार निर्माण ग¥यौंं । राजनीतिक स्थायित्व र समृद्धिको अपिललाई विश्वास गरेर हामीलाई शासन सञ्चालनको जनादेश दिनुहुने तपाईहरूप्रति हामी आभारी छौं ।
तपाईहरूको विश्वासलाई शिरमा राखेर हामीले करिब साढे तीन वर्ष सरकारको नेतृत्व ग¥र्याैं । नयाँ संविधानको कार्यान्वयन, नयाँ वित्तीय तथा प्रशासनिक प्रणाली संस्थागत गर्नुपर्ने दायित्व, सङ्घीयताको नितान्त नयाँ अभ्यास, इतिहासले बिरासतमा छाडेका अनगिन्ती समस्याका चाङ र पछिल्लो समय थपिएको कोभिड महामारीको चुनौतीका बीचमा समेत त्यो अवधि नेपाली इतिहासकै सर्वाधिक गतिशील, उपलव्धिपूर्ण र सफल रह्यो । छोटो अवधिमै–
-संविधान र सङ्घीयताको सफल कार्यान्वयन गरेर नेपालले विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भयो ।
-पृथकतावाद र हिंसाका चुनौती समाप्त पारिए । त्यस्ता गतिविधिमा संलग्न समूहहरूलाई राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिष्पर्धाको मूलधारमा आबद्ध गर्ने सफलता हासिल भयो । संविधानप्रति असन्तुष्टि राखिरहेका समूहहरूलाई समेत सरकारमा सहभागी र संविधानको संशोधन प्रक्रियामा सहमत गराएर संविधानलाई सर्वस्वीकार्य बनाईयो ।
-सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर नेपालको छिमेक लगायत बाह्य सम्बन्ध सदृढ गरियो ।
-लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका नेपालका भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भयो, यसका लागि अभूतपर्व राष्ट्रिय सहमति निर्माण गरियो र यी भूभागमा नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कुटनीतिक संवाद शुरु भयो ।
-दीर्घकालीन र रणनीतिक महत्वका पूर्वाधार निर्माणको थालनी गरियो ।
-भूकम्प पछिको पुनर्निर्माणमा उदाहरणीय सफलता हासिल गर्दै करिब आठ लाख पीडित परिवारलाई सुरक्षित आवासमा फर्काइयो । क्षतिग्रस्त हजारौं विद्यालय भवन, अस्पताल एवं स्वास्थ्य संस्था, सरकारी कार्यालय र सांस्कृतिक सम्पदा पुनर्निर्माण र हस्तान्तरण गरिए ।
-कोभिड अगाडिको अवधिमा मुलुकले सात प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि हासिल गर्दै संभावनायुक्त अर्थतन्त्रका रुपमा विश्वको ध्यान आकर्षित गर्न सफल भयो ।
-नेपाल संयुक्त राष्ट्र संघबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो ।
-बाह्य लगानीमा ठूलो वृद्धि भयो ।
-दिगो विकास लक्ष्य सहित मानव विकास, शान्ति, खुशी, खाद्य सुरक्षा, बहुआयामिक विकास, गरिबी निवारण, व्यावसायिक सहजता, लैङ्िगक समानता लगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार हासिल ग¥यो ।
-सामाजिक न्याय र सुरक्षाको दायरालाई बिस्तार गर्दै जनतालाई परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ युगको अनभूति दिलाउने गरी काम अगाडि बढाइए ।
-शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आवश्यक संस्थागत व्यवस्था गरियो, सरोकारवालाहरूसँग परामर्श र पीडितहरूलाई परिचयपत्र वितरण आरम्भ गरियो ।
-लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने विभिन्न योद्धाहरूलाई राष्ट्रिय शहिद घोषणा गरियो, विभिन्न आन्दोलन, क्रान्ति र परिवर्तनमा महत्वपूर्ण योगदान गर्नेहरूलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने काम थालनी गरियो ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा हासिल यी उपलब्धीहरु एकातिर नेपाली जनतामा सुखद भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बन्दै गयो भने अन्तराष्ट्रिय जगतमा नेपालको छवि उदयीमान अर्थतन्त्र, लोकतान्त्रिक र प्रगतिशील राष्ट्रका रुपमा प्रतिष्ठित र स्थापित हुँदै गयो ।
तर नेपाललाई सधैँभरि अस्थिर, अस्तव्यस्त र असफल बनाइराख्ने एवं त्यसभित्रै आफ्ना स्वार्थपूर्ति गर्न चाहनेहरूका लागि यी उपलव्धि र नेपाल राष्ट्र एवम् नेपाली जनताको बलियो बन्दै गएको सामथ्र्य स्वीकार्य भएन । सवैधानिक व्यवस्थाका कारण पहिलो दुई वर्ष सरकार परिवर्तन गर्नु संभव थिएन । तर तेस्रो वर्ष शुरु भएपछि भने अस्थिरताका श्रृङ्खला शुरु भए । यसका लागि प्रयोग भए तत्कालीन नेकपा भित्रका केही अवसरवादी र अराजक पात्रहरू, जसका लागि आन्दोलनको भविष्यभन्दा आफ्नो परिवार र गुटको भविष्य ठूलो थियो, जसका लागि राष्ट्रको स्वाभिमान र गरिमाभन्दा व्यक्तिगत स्वार्थ महत्वपूर्ण थियो र जसका लागि आन्दोलनका सहयात्रीभन्दा दक्षिणपन्थी शक्ति बढी प्रिय थिए । अनि यिनै पात्रहरूको योजनामा पार्टीभित्र विग्रह शुरु भयो, नेतृत्वलाई घेराबन्दी गरियो र पार्टीको प्रतिष्ठा र उपलबिधलाई समाप्त पार्ने प्रयास भयो ।

सिङ्गो विश्व कोभिड महामारीको चुनौतीसँग जुझिरहेको र सरकारले नागरिकको जीवन र जीविका रक्षाका लागि कठोर संघर्ष गरिरहेको बेला आफ्नै पार्टीको सरकार ढाल्न गरिएका यी गतिविधि अलोकतान्त्रिक मात्रै होइन, अमानवीय समेत थिए । जनादेशप्राप्त प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पुरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कार्बाही गर्ने अराजक र ध्वंशात्मक प्रयास भए । अस्थिरताका यी प्रयासलाई परास्त गर्न प्रतिनिधिसभाको विघटन गर्नु वाध्यात्मक परिस्थिति सिर्जना भयो ।

लोकतन्त्रमा सरकार सञ्चालनको वैधता सार्वभौम जनताबाट प्राप्तहुन्छ, जसको माध्यम आवधिक निर्वाचनबाट प्राप्त हुने जनादेश हो । एउटा जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशको खोजी गर्नु स्वाभाविक र लोकतान्त्रिक प्रक्रिया हो । तर हामीकहाँ यसो हुन दिइएन । संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गर्दै सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित गरियो । अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हँुने गलत, अलोकतान्त्रिक र अराजक नजिर स्थापित गरियो । जनादेश अपमानित एवम् विस्थापित हुने र परमादेशबाट शासन चलाउने हानीकारक अभ्यास सुरु भयो । यस क्रममा लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको शक्ति पृथकीकरणको सिद्धान्त समेत कुल्चिइयो । संविधानको संरक्षक राष्ट्राध्यक्षका अधिकार कुण्ठित गरियो । बहुदलीय प्रतिश्पर्धात्मक लोकतन्त्रको मर्मका रुपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरूमाथि सम्बन्धित दलको ह्विप नलाग्ने निर्दलीय अभ्यास सुरु गरियो । मलुकले हासिल गरेको राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक रुपान्तरण तथा समृद्धिको जगलाई भत्काउने प्रयोजनका लागि कुटिल तरिकाले अध्यादेश जारी गरेर नेकपा (एमाले)लाई चोइट्याउने काम गरियो । विपरित विचारधारा एवम् पष्ठभृमिूका समूहहरूको अवसरवादी गठबन्धन निर्माण गरियो ।

२०७८ असार २८को सर्वोच्च अदालतको परमादेश त्रुटिपूर्ण, असंवैधानिक छ भन्ने विषयमा हामीले सार्वभौम नेपाली जनतासमक्ष आफ्ना धारणाहरू स्पष्ट पारिसकेकै छौं । यो आदेशको उद्देश्य सामान्य सरकार परिवर्तनमा सीमित छैन, यो त नेकपा (एमाले) को नेतृत्वमा स्थापित राजनीतिक धार (कोर्स) नै परिवर्तन गर्नमा केन्द्रित छ । पार्टीले त्यतिबेलै निकालेको यस निष्कर्षको सान्दर्भिकता गएका नौ महिनाका घटनाक्रम र यो चुनावी गठबन्धनले पुष्टि गर्दै लगेका छन् ।
नेकपा (एमाले)लाई माया गर्नुहने तपाईं आदरणीय मतदाता समक्ष नेकपा (एमाले)ले यस नमोबुद्ध नगरमा बिगत पाँच वर्षदेखि सरकार सञ्चालन गर्दै आउँदा गरेका कामको उपलब्धी संक्षेपमा यहाँ प्रस्तुत गर्दछौं ।

नमोबुद्ध नगरको संस्थापक नेतृत्वका रूपमा नेकपा (एमाले) :

नेपालको संघीय व्यवस्था बमोजिम पहिलो पटक २०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा जनताबाट अनुमोदित नेकपा (एमाले)को उम्मेदवारले यस नगरको संस्थापक नगर प्रमुख तथा उपप्रमुख बन्ने सुअवसर प्राप्त गरको विदितै छ । नगरमा रहेका एघार मध्ये छ वटा वडाका वडा अध्यक्ष सहित कुल अठतिस जनालाई विजयी बनाउँदै नमोबुद्ध नगरका बासिन्दाले विकास निर्माण र समृद्धिको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी नेकपा (एमाले)लाई सुम्पनुभएको थियो । बाँकी अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरूसँग समेत सहकार्य गर्दै नेकपा (एमाले)को नेतृत्वले पाँच वर्षे कार्यकालमा पूर्वाधार विकासमा निम्न कार्यहरू गर्न सफल भएको छ जसको संक्षेपीकरण यस प्रकार रहेको छ :

-आफ्नो गाऊँ आफैं बनाउँ जस्तो लोकप्रिय एवम् जनमुखी कार्यक्रमको अभियन्ताका रुपमा नेकपा (एमाले)ले नगरको नेतृत्व सम्हालेपछि २०७४ देखि २०७८ का अवधिमा व्यापक जनसहभागितामा नगरको आधारभूत संरचनाहरु तयार पारेको छ ।
-हामी निर्वाचित भएको केही समय पश्चात नै मुलुकको ७५३ स्थानीय तहमध्ये आफ्नै पहिलो भवन निर्माण गर्न सफल रह्यौं ।
-नेकपा (एमाले)का निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकारबाट स्रोत परिचालन गर्ने, विकास निर्माणको काम सम्पन्न गराउने र प्रशासनिक सेवाहरुलाई छिटो छरितो तथा पारदर्शी ढड्गले सम्पादन गर्दै सरकार जनताको नजिक भएको अनुभूति दिलाउने काम गरेका छन् ।
– किसानहरुलाई निर्वाहमुखी खेती प्रणालीबाट माथी उठाई व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
-नगरका सबै वडाहरूमा सडक सञ्जाल बिस्तार भएको छ । विभिन्न नौ वटा वडामा सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । विभिन्न सडकहरु कालोपत्रेको पूर्वतयारीको अवस्थामा छन् ।
-नागरिकहरूलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सवै वडाहरूमा पक्की भवन सहितको स्वास्थ्य चौकीहरू निर्माण गरिएका छन् ।
-नगरका सबै सामुदायिक विद्यालयहरूमा पक्की भवन निर्माण गरिएका छन् ।
-नगरका १० वटा वडाहरूमा पक्की वडा भवन निर्माण गरिएका छन् ।

विधिको शासन सञ्चालनमा अग्रणी नेकपा (एमाले)
नेकपा एमाले विधिको शासनको पक्षमा रहने पार्टी हो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत नमोबुद्ध नगरपालिकाको नेतृत्व गर्ने अभिभारा पाएपछि स्थानीय सरकार सञ्चालनलाई चुस्त दुरुस्त राख्नका लागि ७५ वटा विभिन्न ऐन, कानुन, नीति, नियम, कार्यविधि र नियामावली निर्माण भएका छन् । जसअन्तर्गत बिभिन्न शिर्षकमा ऐन २३ वटा, कार्यविधी ३७ वटा, निर्देशिका ६ वटा, विभिन्न मापदण्डहरू ४ वटा, नियमावली २ वटा र कार्ययोजना, नीति तथा आचार संहिता १/१ रहेका छन् ।

आगामि निर्बाचनमा सूर्य चिन्हमा नै भोट किन ?

-किनभने नेकपा (एमाले) सँग सही विचार छ ।
-नेकपा (एमाले) ले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेकोछ ।
-नेकपा (एमाले) ले हरेक परिवर्तनको अगुवाई गरेकोछ ।
-नेकपा (एमाले) शान्ति प्रक्रियाको पहलकर्ता हो ।
-नेकपा (एमाले) ले संविधान निर्माणको अगुवाई गरेकोछ ।
-नेकपा (एमाले) नै सहारा बिहीनहरुको सहारा हो, गरिबहरुको पार्टी हो, आवाज विहीनहरुको पार्टी हो, वृद्धवृद्धाहरुको पार्टी हो, युवाहरुको पार्टी हो, आम किसान, मजदूर, शिक्षक, कर्मचारीहरुको पार्टी हो ।
-नेकपा (एमाले) नै विकासको संवाहक हो ।
-राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा (एमाले) सँग छ ।
-नेकपा (एमाले) ले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेकोछ ।
-नेकपा (एमाले) ले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ ।
-नेकपा (एमाल)े त्यस्तो पार्टी हो जहाँ राष्ट्रियताको पक्षमा कहिल्यै नझुक्ने, दुई नजिकका छिमेकी राष्ट्रहरुसँग समदूरीको सम्बन्ध राख्नसक्ने, नेपालमा सुरुङ युगको शुरुवात गर्ने र पृथ्वी नारायण शाहपछि नेपालको नक्सा परिवर्तन गर्न सक्ने केपी ओलीले नेतृत्व गरेको पार्टी हो ।

यसका अलावा, निम्न कार्यहरुका लागि आदरणीय विकासप्रेमी मतदाताहरुमा सूर्य मा नै मतदान गर्न आह्वान गर्दछौ ,

१. गुणस्तरीय र दिगो पूर्वाधार विकास

क) सडक/यातायात
-नगरको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गरिने छ ।
-सबै वडालाई जोड्नेगरी नमोबुद्ध चक्रपथ निर्माण गरिनेछ । भकुण्डेबेशी उपत्यका चक्रपथ निर्माण गरिनेछ ।
-ग्रामिण सडकहरुलाई प्रत्येक टोल बस्तीसम्म विस्तार गरी बाह्रै महिना यातायात सञ्चालन हुनसक्ने गरी स्तरोन्नति गरिनेछ ।
-विद्युतीय नगरबस सञ्चालनको लागि पहल गरिनेछ र विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरिनेछ ।
-अत्याधुनिक वहुउद्देश्यीय बसपार्क निर्माण गरी सुव्यवस्थित गरिनेछ ।
ख) खानेपानी र सरसफाई
-नागरिकहरूको सुद्ध र स्वच्छ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न सबै वडाका सम्पूर्ण घरवस्तीमा एक घर एक धारा कार्यक्रम लागू गरिनेछ । सधैका लागि र सबैका लागि स्वच्छ खानेपानी अभियानलाई पूर्णता दिईनेछ ।
-लिफ्टिङ खानेपानीमा लाग्ने विद्युतीय महसुलमा अनुदानको व्यवस्था गरिनेछ ।
-खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगर घोषणा गरिनेछ ।
-नगरका मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गरिनेछ ।
ग) आवास तथा बस्ती विकास
-नमोबुद्ध नगरपालिकालाई ग्रिनसिटीको रुपमा विकास गर्नका लागि भूउपयोग गुरूयोजना निर्माण गरी व्यवस्थित एवं एकीकृत बस्ति विकासको कार्यलाई अगाडि बढाइनेछ ।
-नगरमा रहेका विभिन्न नदी करिडोर र सहायक नदी करिडोरहरुमा आवश्यक पूर्वाधार निर्माण गरि ति क्षेत्रमा ब्यवस्थित बस्ति विकासको कार्यलाई अगाडी बढाईनेछ ।
-नमोबुद्ध नगरलाई होमस्टे नगरका रुपमा स्थापित गर्दै सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गरिनेछ ।
-सबै वडा केन्द्रहरुमा ब्यवस्थित बजार र सुविधा सहितका सेवाकेन्द्रहरु स्थापना गरिनेछ ।
-मुख्य चोक र बजार क्षेत्रमा सडक बत्ति र सिसी क्यामेराको ब्यवस्था गरिनेछ । बजार क्षेत्रका सडक किनारमा बृक्षारोपण गरि सौन्दर्यजनक हरित नगरकोरुपमा विकास गरिनेछ ।
-एक टोल एक उद्यन पार्क निर्माण गरीने छ ।
घ) खेलकुद पूर्वाधार
-नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ ।
-नगरपालिकामा एक राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिनेछ ।
-प्रत्येक वडामा एक खेल मैदान निर्माण गरिनेछ ।
ङ) फोहरमैला ब्यवस्थापन
– नगरक्षेत्रको फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको व्यवस्था गरिनेछ र फोहोरमैलाको दिगो व्यवस्थापनका लागि प्रशोधन केन्द्रको निर्माण गरी लेदोजन्य तथा ठोस फोहोर मैलाको प्रशोधन गरी पुनः उपयोगी कार्यमा लगाइने छ ।
-घरेलु फोहरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने तीन तहमा घरमै छुट्याई सोको उपयोग र उचित ब्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गरिनेछ ।
-नगरको भकुण्डेवेशी क्षेत्रमा ढल निकासको व्यवस्था गरिनेछ । फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।

च) उर्जा तथा विद्युतीकरण
-नगरपालिका क्षेत्र भित्रका कुनैपनि परिवार विद्युत सेवाबाट बञ्चित हुने छैनन् । विद्युतीकरणमा प्रयोग भएका काठका पोल बिस्थापित गरि स्टिलका पोलहरु राखिनेछ ।
-सबै वडाका बस्ती क्षेत्रमा खुला तार हटाई इन्सुलेटरयुक्त कालो तार राखी विद्युतीकरणलाई जोखिमुक्त बनाइने छ ।
-घरयासी प्रयोजनमा प्रयोग हुने विद्युतमा अति विपन्न परिवारलाई न्यूनतम विद्युत महसुल शुल्क छुट दिईने छ ।
-प्रत्येक टोलबस्तीका सार्वजनिक स्थलहरूमा सोलार बत्ती तथा विद्युतीय बत्ती जडान गरिनेछ ।
-विद्युतीय चुलोको प्रयोगका लागि प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
छ) सूचना तथा सञ्चार
-नगरका प्रशासनिक कार्यलाई कागजरहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोवाइल एप्सको प्रयोग गरिनेछ ।
-घरमै बसेर विभिन्न कर, महसुल र सेवाशुल्क तिर्न मिल्नेगरी अनलाइन सेवा प्रणालीको व्यवस्था गरिने छ ।
-नगरको आफ्नै नगर एफ.एम. रेडियो र नगर टेलिभिजन सञ्चालन गरिनेछ ।
– नगरभित्रका अति व्यस्त चोक, गल्ली, सार्वजनिक स्थलहरु, मन्दिर, पार्क, राजमार्गमा ब्क्ष् प्रविधिमा आधारित ऋऋत्ख् जडान गरिनेछ ।
– नगरभित्र रहेका सरकारी सेवाका क्षेत्रहरु र केही बजार क्षेत्रमा फ्री वाईफाई जोन बनाईनेछ ।
– नगरका सबै बस्तिहरुमा सहज र सुलभरुपमा मोवाईल नेटवर्क उपलब्ध हुनेगरि उक्त प्रविधीको क्षमता अभिबृद्धी गरिनेछ ।

२. आय आर्जन, रोजगारी तथा आर्थिक विकास

क) कृषि, सहकारी तथा भूमिब्यवस्था
-निर्वाहमुखी तथा एकल कृषि प्रणालीलाई व्यावसायिक तथा सामूहिकीकरण गर्न प्रोत्साहित गरि उत्पादन बृद्धी गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
– संभाब्यताका आधारमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
-खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गरिनेछ । सिंचाई ब्यवस्थापनका लागि बाँध निर्माण, ठुला पोखरी निर्माण, प्लाष्टिक पोखरी, आकासे पानी सङ्कलन, स्प्रिंकल तथा थोपा सिंचाई लगायतका उपयुक्त प्रविधिहरुको निर्माण र विस्तार गरिनेछ ।
– सिंचाइ का लागि डिप बोरीङ तथा लिफ्टिङ मा अनुदानको ब्यवस्था गरीने छ ।
-आधुनिक र सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ । व्यवस्थित पशु वधशाला निर्माण गरि सञ्चालनमा ल्याइनेछ ।
-नमोबुद्ध नगरलाई तरकारी, दुध, फलफूल, खाद्यान्न र मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाई निर्यातमुखी बनाइने छ ।
-कृषि अनुसन्धान र जैविक विविधता अध्ययन अध्यापन केन्द्र स्थापना गरिनेछ ।
-नगरभित्रका परम्परागत बुट्यान बनहरूलाई कृषि बनको रुपमा विकसित गरिने छ ।
– किसानमैत्री कृषि नीति र कृषिमा युवा आकर्षण बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
-कृषि लागत न्यूनीकरण गर्न आधुनिक प्राविधि तथा यान्त्रीकीकरणमा प्रोत्साहन गरिनेछ ।
– अर्गानिक खेती, पशुपंछी पालन, मौरीपालन, होमस्टे प्रवद्र्धन तथा कृषि पर्यटनको विकास गर्न अनुदानको ब्यवस्था गरिनेछ ।
– मल, बीउ, सिंचाई, प्रबिधि र कृषि उपजको बजारको सुनिश्चितता गरिनेछ ।
– पशु बिमामा लाग्ने विमाङ्कमा अनुदानको व्यवस्था गरिनेछ ।
-कृत्रिम गर्भाधान प्रणाली विस्तार र नश्ल सुधार कार्यक्रम सञ्चालनार्थ पर्याप्त जनशक्ति र अनुदानको व्यवस्था गरिनेछ ।
-नगरक्षेत्रभित्र उत्पादन हुने तरकारी बिक्री वितरणको लागि सड्कलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान बिक्री बितरणको लागि बिक्री कक्ष तथा कोसेली घर स्थापना गरिनेछ ।
– कृषि योग्य भूमि बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ ।
-प्रत्येक वडामा एक कृषि नर्सरीको स्थापना गरिनेछ ।
-प्रत्येक वडामा एकजना कृषी र पशु प्राविधिकको ब्यवस्था गरि कृषकले निशुल्क प्राविधिक सेवा पाउने ब्यवस्था गरिनेछ ।
-रसायनिक मलको प्रयोगलाई निरुत्साहित गरि जैविक तथा कम्पोष्ट मलको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ ।
– किसानको अवस्था बर्गिकरण गरि आवश्यकता अनुसार परिचय पत्र प्रदान गरिनेछ ।
-नगरपालिका भित्र रहेका सहकारीहरुको नियमन र अनुगमन गर्ने ब्यवस्था मिलाईनेछ । सबै सहकारीहरुलाई गरिवमुखी र उत्पादन केन्द्रित बनाउन प्रेरित गरिनेछ ।
– नगरपालिकामा बसोबास गर्ने कुनै पनि नागरिक भूमिहिन हुने छैन । भूमिहिन र अब्यवस्थित बसोबासको समस्यालाई समाधान गरिनेछ ।
-नगर क्षेत्र भित्र रहेका सहकारीहरुको साझा नेटवर्क बनाई सहकार्यको वातावरण तयार गरिनेछ । नगर भित्र रहेका सहकारीहरुको समन्वयमा कर्जा सूचना केन्द्र स्थापना गरि सञ्चालन गर्न सहयोग गरिनेछ ।
ख) उद्योग तथा पर्यटन विकास
-वातावरणमैत्री उद्योग सञ्चालनका लागि नगरमा औद्योगिक ग्रामको निर्माण गरिनेछ ।
– उद्योगी ब्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ । उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक पानी तथा विजुलीको व्यवस्थापनमा सहयोग गरिनेछ ।
-एक गाउँ एक उत्पादन, एक वडा एक पहिचानको आवधारणलाई प्रवद्र्धन गरिनेछ । यसमा विशेष अनुदान सहित दश युवा एक उद्यम कार्यक्रम मार्फत सामुहिकरुपमा यूवा बेरोजगारको संख्यालाई न्यूनीकरण गरिने छ ।
-नमोबुद्ध नगरलाइ पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ ।
-एक वडा एक नमुना र पर्यटनमैत्री स्थलको विकास गरिनेछ ।
-ब्यवस्थित र सुविधा सम्पन्न पिकनिक स्थलहरु निर्माण गरिनेछ ।
-साहासिक पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण गरि सञ्चालन गर्न निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिने छ ।
-कालीमाटी, कोटतिमाल, कानपुर, अमरनिवास हु्ँदै नमोवुद्धसम्म ‘रेन्जेनदोर्जे’ पर्यटकीय पदमार्ग निर्माण गरिनेछ ।
-पर्यटकीय स्थलहरुमा शौचालय, विश्रामस्थल, सूचनापाटी, पर्यटकीय नक्सा, अतिथि गृह निर्माण र सञ्चालन गरिनेछ ।
– नगरभित्र रहेका पदमार्गको स्तरोन्नतरीका साथै अपाङ्ग मैत्री बनाइनेछ ।
– विभिन्न समुदायको सँस्कृति झल्किने नमूनावस्तीको विकास गरिनेछ ।
-नगरक्षेत्र भित्र रहेका प्राचिन र पुरातात्विक महत्वका संरचनाहरुका संरक्षण र विकास गरिनेछ । मन्दिर, कुवा, पँधेरा, पोखरी, धारा, पाटीहरुको पुननिर्माण तथा संरक्षणमा जोड दिइनेछ ।
-नगरमा रहेको प्रमुख धार्मिक सास्कृतिक एवं पर्यटकीय स्थल नमोबुद्धलाई नगर भित्रका सम्पूर्ण वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु सँग जोड्ने सिधा पद मार्गहरु निर्माण गरीने छ र नगरलाइ धार्मिक एवं सास्कृतिक पर्यटकीय हब बनाइने छ ।
ग) रोजगारी
-श्रमको सम्मान गर्ने परिपाटी निर्माणको लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
– प्राविधिक तथा शिपमुलक तालिम प्रदान गरि दक्ष जनशक्ति निर्माण गर्न कार्य गरिनेछ ।
– बेरोजगारहरुको तथ्यांक राखिनेछ र रोजगारीमा पहुँचको लागि नगर स्तरमा रोजगार बैंक स्थापना गरिनेछ ।
-नगरमा सञ्चालन हुने सरकारी तथा अन्य परियोजनामा स्थानीय श्रमशक्तिको प्रयोगलाई प्रवद्र्धन गरिनेछ ।
-मजदुर सुरक्षा विमा कार्यक्रम सञ्चालन गरिनेछ ।

३. सामाजिक विकास
क) शिक्षा
– सार्वजनिक निजी साझेदारीको अवधारणामा नगरमा एक बहु प्राविधिक विद्यालय र अन्य प्राविधिक विद्यालय सञ्चालन गरिनेछ ।
– प्रत्येक विद्यालयमा आधुनिक सूचना प्रविधिका माध्यमबाट शिक्षणको ब्यवस्था गरिनेछ र त्यसका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरिनेछ ।
-विद्यालय स्तरमा स्थानीय पाठ्क्रम तयार गरि गुणस्तरीय, जीवनउपयोगी, प्राविधिक तथा नैतिक शिक्षामा जोड दिईनेछ ।
-गरिब बालबालिकाको लागि आवासीय छात्रावास निर्माण र सञ्चालन गरिनेछ ।
– अति विपन्न परिवारका विद्यार्थीलाई स्नातक तहसम्मको शिक्षाको लागी अध्ययन अनुदानको ब्यवस्था गरिनेछ ।
– सामुदायीक विद्यालयमा अध्ययन गर्ने पाँच कक्षासम्मका विद्यार्थीहरुलाई निःशुल्क पोशाक उपलब्ध गराईनेछ ।
ख) स्वास्थ्य
– आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क गरिनेछ । नगरस्थित प्रादेशिक अस्पताललाई एक सय सैयाको सुबिधासम्पन्न बनाइ जिल्लातहको विशेषज्ञ सेवा सहितको अस्पतालकोरुपमा विकास गरिनेछ ।
-सबै नगरवासीलाई स्वास्थ्य विमा कार्यक्रममा आबद्ध गराइने छ र स्वास्थ्य बिमाका लागि आवश्यक विमाड्क तिर्न असक्षम अति न्यून आय भएका नागरिकहरुको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गरिनेछ ।
-दुर्घटनाजन्य विपद्मा परेको, हृदयघात भएको र प्रशुतीजन्य जटिलता भएको नागरिकलाई जानकारी प्राप्त हुनासाथ निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । नागरिकलाई परेको स्वास्थ्य विपद्मा स्थानीय सरकारको पहिलो उपस्थिती हुनेछ ।
-नवजात शिशुको र आमाको स्वास्थ्यका लागि सनौला हजार दिनमा पौष्टिक आहार सहितको उपहार र नगद सहित जनप्रतिनिधीबाट सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।
-प्रत्येक वडामा डाक्टर सहितको घुम्ती स्वास्थ्य टोली खडा गरी प्रत्येक ६÷६ महिनामा स्वास्थ्य परीक्षण गरिने छ ।
-जेष्ठ नागरिक, अशक्त र अपाड्गता भएका व्यक्तिहरूका लागि घुम्ती स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ ।
– ५० वर्ष नाघेका असहाय एकल महिला वा अविवाहित महिला र अतिविपन्न एकल पुरुषहरुलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गरिनेछ ।
– रैथाने आयुर्वेदिक जडीबुटीहरुको पहिचान गरी परम्परागत प्राकृतिक उपचार पद्दतिको संरक्षरण सम्बद्र्धन गरिनुका साथै बैकल्पिक चिकित्सा तथा प्राकृतिक उपचार पद्दतिलाई व्यवस्थापन गरिने छ ।
-स्वस्थ जीवन शैलीको लागि प्रत्येक वडामा कम्तिमा एउटा योग केन्द्र स्थापना गरिनेछ ।
– महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बृद्धी गरि प्रभावकारी परिचालन गरिनेछ ।
ग) समाजिक सशक्तीकरण
– लक्षित वर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषद्हरु कार्यान्वयनमा ल्याइने छ ।
– परम्परागत मौलिक ज्ञान, सीप तथा प्रविधिहरूको पहिचान गरी तिनीहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।
-गरिबीका रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक आयआर्जनका कृयाकलापहरुमा समाबेस गराइने छ । उनीहरुलाई आवश्यक सहुलियत कर्जा, ब्याज छुटमा प्राथमिकताको व्यवस्था गरिनेछ ।
– नगरक्षेत्रभित्र रहेका घरबारबिहीन परिवारलाई आवश्यक बासको व्यवस्था गरिनेछ साथै एक घर एक स्वरोजगारीको व्यवस्था गरिनेछ ।
-नगरभित्र रहेका उद्योग तथा ब्यवसायहरुमा सिमान्तकृत एवम् बिपन्न परिवारलाई निश्चित प्रतिशत रोजगारीका लागि आरक्षणको व्यवस्था अनिवार्य गरिनेछ ।
-जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिनेछ ।
घ) महिला
– महिलाहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धिका लागि नगरका संयन्त्रहरुमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिनेछ । समान कामको लागि समान ज्याला नीति लागू गरिनेछ ।
– हिंसा प्रभावित महिलाहरुको तत्काल उद्धार तथा संरक्षणका लागि सञ्चालित सेफ हाउसको लागि छुट्टै भवन निर्माण तथा सोको दिगो व्यवस्थापन गरिनेछ ।
– महिलाहिंसा मुक्त समाज बानउन र आत्मनिर्भर गराउन सिपयुक्त स्वरोजगारीको व्यवस्था गरिनेछ ।
ङ) युवा
– युवाहरुको क्षमता विकासको लागि खेलकुद, शिक्षा, आय आर्जन र सृजनशिलता विकास सम्बन्धि तालिमको व्यवस्था गरिनेछ ।
– प्रत्येक वडामा युवाहरुका लागि योग तथा व्यायमशालाको व्यवस्था गरिने छ ।
– युवाहरूलाई रूपान्तरणका संबाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिनेछ ।
-उद्यमशीलता वृद्धि गरी युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गरिनेछ ।
च) दलित
-नमोबुद्ध नगरलाई छुवाछुतमुक्त नगर बनाउँदै सबैखालको विभेद अन्त्य गरिनेछ ।
-परम्परागत पेशलाई प्रविधिसुधार तथा आय आर्जनमा जोड दिइनेछ ।
-शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष पहुँच पु¥याइनेछ ।
-अति बिपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गरिनेछ ।

छ) अपाङ्ग
-सबै सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्री बनाइनेछ ।
– पूर्ण अशक्त र अपाङ्गगता भएका व्यक्तिको परिवारका सदस्यलाई आयआर्जनका लागि आवश्यक सीप तथा सहयोग उपलब्ध गराइनेछ ।
-अपाङ्गता भएका व्यक्तिको नाम रहेको घरजग्गामा तिर्नुपर्ने घरजग्गा करलाई अनुदान मार्फत निःशुल्क बनाइनेछ ।
– अपाङ्गता भएका व्यक्तिहरुलाइ शिक्षामा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्यको लागि स्वास्थ्य बिमा गरिनेछ ।
ज) ज्येष्ठ नागरिक
-ज्येष्ठ नागरिकलाई सम्मानपूर्ण र मर्यादित जीवनयापनका लागि वातावरण बनाइने छ ।
– स्वास्थ्य सेवाको सहज पहुँचमा जोड दिइनेछ । निशुल्क स्वास्थ्यउपचारकोे लागि वडा तथा नगरबाट स्वास्थ्य बिमा गरिनेछ ।
-जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरैमा पु¥याउने व्यवस्था गरिनेछ ।
-आफन्त बिहीन तथा सामुहिक रुपमा बस्न चाहने जेष्ठ नागरिकहरुलाई सम्मानजनक बसोबासका लागि जेष्ठ नागरिक स्याहारकेन्द्र स्थापना गरिने छ र निःशुल्क बसोबासको व्यवस्था मिलाइने छ ।
-एक वडा एक बाजे बज्यै पार्क निर्माण गरिनेछ ।
झ) बालबालिका
– नगरमा रहेका बाबुआमा बिहीन बालबालिकाहरुलाई प्रदेश सरकारले प्रदान गर्ने मासिक भत्तामा शत प्रतिशत थप गरी प्रति महिना रु ४००० का दरले उपलब्ध गराइ समाजमा पुर्नस्थापित हुने वातावरण गराइनेछ ।
-नगर भित्र बिभिन्न स्थानमा बाल सिकाई केन्द्रको रुपमा विकास गर्ने गरी बालमैत्री पार्कको स्थापना तथा सञ्चालन गरिनेछ ।
ञ) खेलकुद÷खेलाडी
-राष्ट्रिय स्तरको खेलकुदहरुको बार्षिकरुपमा प्रतियोगिता आयोजना गरी बढीभन्दा बढी खेलाडीलाई सहभगी गराइ खेलकुदमा प्रोत्साहन गरिनेछ ।
-बहुउद्देश्यीय कभर्डहल, राष्ट्रियस्तरको खेल मैदान रङ्गशाला विकास निर्माण गरिनेछ ।
ट) कला÷संस्कृति
-कलाकार, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ ।
३. धार्मिक तथा पुरातात्विक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास
– प्रमुख बौद्ध तिर्थस्थलको रुपमा रहेको नमोबुद्ध क्षेत्रको विकास र सम्बद्र्धनको लागी नमोबुद्ध बृहत्तर गुरुयोजना निर्माण गरि योजनाबद्ध विकास गर्ने । नमोबुद्ध, सिंगो दाप्चा क्षेत्र देखि तेमाल तोङसुङ कुण्ड सम्मको क्षेत्रलाई बुद्ध सर्किटको रुपमा विकास गर्ने ।
-नगर भित्र रहेका महत्वपूर्ण पवित्र धार्मिक स्थलहरु नमोबुद्ध, अमरनिवास, भिमसेनस्थान, कोटकालिका, कोटदेवी, कृष्ण मन्दिर, रक्तकाली, जगबैज्येश्वर धाम, कालिकादेवी, गहतेको सामलिङगावा गुम्बा, नेपानेको देक्षेङ्लिङ गुम्बा, बरबोटमा निर्मित बुद्ध स्तुपा, पिपलटार गुम्बाहरुको विकासमा योजना निर्माण गर्ने । नगरका अन्य क्षेत्रमा धार्मिक स्थल निर्माण र प्रवद्र्धनको योजना बनाउने ।
-नगरको प्राचिन बस्ति दाप्चा बजारको संरक्षण एवं समबर्धन गरी परटिकीय गन्तब्यका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तह सम्म पहिचान गराइने छ ।
४. वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन
– कार्बन उत्सर्जन शून्य गरी प्रदुषणमुक्त नगर बनाइनेछ । स्वस्थ उर्जाको प्रयोग गरी औधोगिक केन्द्रलाई प्रदुषण रहित बनाइनेछ ।
– वायु प्रदुषण, भू–प्रदुषण, ध्वनि प्रदुषण नियन्त्रणका लागि सबै सामुदायिक वनको विस्तृत परियोजना तर्जुमा गरी वनक्षेत्रको विकास गरिनेछ ।
– नगरको जैविकचक्र योजना बनाई जलवायु अनुकूलन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
-सबै सामुदियक वन क्षेत्रमा व्यवसायिक फलफूल, नगदेबाली, रेशा, जडिबुटी, फूल उत्पादनका कार्य गरि कृषि वनको रुपमा रुपान्तरण गर्न सामुदायमा आधारित वन परियोजना सञ्चालन गरिनेछ ।
– विपद व्यवस्थापनको लागि संस्थागत संरचनाहरु सुदृढ गर्दै संभावित बिपद् जोखिम पहिचान गरी पूर्व तयारीको लागि आवश्यक कार्य गरिनेछ ।
– आगलागीबाट हुने जोखिम न्यूनीकरणको लागि दमकललाई चालू हालतमा राख्नुको साथै २४सै घण्टा विपद व्यवस्थापनमा खटिने टोलीलाई आपतकालिन प्रयोगको लागि समय सापेक्ष तालिम तथा भौतिक सामग्रीले युक्त राखिनेछ ।
-विपद् ब्यवस्थापन कोषको स्थापना तथा सञ्चालन गरिनेछ ।
५. संस्थागत विकास तथा सुशासन
– सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्न क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिनेछ ।
– सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी विद्धुतीय सरकार ९भ(न्यखभचलबलअभ० लाई लागू गरी यलष्लिभ बाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ ।
– नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु असाहय, अपाङ्ग, वृद्धवृद्धा एवं दृष्टिबिहीन लगायत सबै प्रकारका अपाङ्गता भएका नागरिकले प्राप्त गर्ने गरी नागरिकमैत्री सेवा प्रवाह गरिनेछ ।
-पारदर्शिता एवं सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सावर्जनिकीकरण गरिनेछ ।
– नगरपालिकामा आवश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी नगरवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ ।
-नगरको समग्र विकासमा सामुदायिक संस्थाहरु, वडा नागरिक मञ्च, गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ ।
– वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ ।
-वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति आपूर्ति गरिनेछ ।
-नगरपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ ।
-गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र बिश्वसनीय बनाउन ईबिडिङ प्रणालीलाई कार्यान्वयन गरिनेछ । गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ ।
-विकास कार्यहरुको व्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।
-नगरक्षेत्रको योजनाबद्ध विकासमा सहयोग पुर्याउन योजनाविद् र बृद्धिजीवीहरु सम्मिलित नगरस्तरीय योजना आयोगको गठन गरिनेछ ।
– नमोबुद्ध नगरपालिकालाई बिश्वका बिभिन्न विकसित शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरी स्थानीय विकासका अनुभवहरु आदान प्रदान गरिनेछ ।
-नगरपालिकाको आन्तरिक आयमा बृद्धि ल्याउन राजश्व सम्भावित क्षेत्रहरुको पहिचान, विस्तार गर्दै पारदर्शी ब्यवहारिक र जनमुखी कर प्रणालीको विकास गरिनेछ ।
– भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी असल शासन र भ्रष्टाचार नियन्त्रणको लागि नीति, ऐन कानून बनाई कार्यान्वयन गरिनेछ ।
-निर्बाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, प्रभावकारी, जवाफदेही, सदाचारी, पारदर्शी र बित्तीय जोखिममुक्त बनाउन आचार संहिता बनाई लागू गरिनेछ ।
-प्रत्येक वडामा उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय स्थापना गरेर उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ । सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ ।
६. न्यायमा समान पहुँच
-न्यायिक समितिबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पु¥याइनेछ ।
-सबै वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिनेछ ।
-न्यायिक समितिको छुट्टै भवन निर्माण गरिनेछ । न्याय प्रणालीलाई विश्वसनीय, पारदर्शी र छिटो छरितो बनाईने छ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
आज मुलुक स्पष्ट रुपमा दुई ध्रुवमा ध्रुवीकृत हुँदै गइरहेको छ । एकातिर नेकपा (एमाले) छ, जसले मुलुककको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्छ, जसले राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति र जनताको सर्वाेच्चताको प्रतिनिधित्व गर्छ र जसको मूलध्येय विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाउनु, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नु एवम् समाजवादका आधार निर्माण गर्नु रहेको छ ।
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन त्यो अवसर हो, जहाँ यहाँहरूले आफ्नो प्रिय पार्टी र सखु दुःखको साथी नेकपा (एमाले) को पक्षमा मतदान गरेर राजनीतिलाई सही दिशामा अग्रसर गराउन निर्णायक भूमिका खेल्न सक्नु हुनेछ । राष्ट्रियताको रक्षा, लोकतन्त्रको स्थापना र सामाजिक–आर्थिक रुपान्तरणका लागि हाम्रो पार्टीले गएका पौने शताब्दीमा गरेका बलिदानी संघर्ष र खेलेको अग्रणी भूमिका यहाँहरू समक्ष स्पष्ट छ । हामी यतिबेला समद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने नयाँ अभियानमा छौं । यस अभियानमा सफलताका लागि सदाझैं तपाईहरूको साथ र समर्थन रहने कुरामा हामी पूर्णरुपले विश्वस्त छौं ।
यस अवसरको अधिकतम सदुपयोग गर्दै नेकपा (एमाले)का सूर्य ध्वजाबाहक उम्मेदवारहरू नगर प्रमुख राजन भुर्तेल र उपप्रमुख सम्झना लामा लगायत तपाइँको वडाका सबै उम्मेदवारहरूलाई विजयी बनाउन हामी हार्दिक आह्वान गर्दछौं ।

हार्दिक अभिवादन सहित,
नेकपा (एमाले) नमोबुद्ध नगर कमिटी, काभ्रेपलाञ्चोक

 

 

प्रतिक्रिया दिनुहोस !