सर्वसम्मत उम्मेदवार चयन गर्ने गोलाञ्जोर गाउँपालिका पहिलो

गोलाञ्जोर–सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकामा आउँदो वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पालिकाको अध्यक्ष पदको उम्मेदवारमा शंकरराज बरालको नाम सिफारिस गरिएको छ ।

जिल्ला इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको बसेको गाउँपालिका पार्टी पदाधिकारीको बैठकले नेता बराललाई सर्वसम्मत सिफारिस गरेको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेदवार चयन गर्ने गोलाञ्जोर गाउँपालिका पहिलो बनेको छ ।

स्थानीय जनताको चाहना अनुसार नेता बराललाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि सर्वसम्मत चयन गरिएपछि स्थानीय नेता, कार्यकर्ता तथा जनता उत्साहित बनेका छन् ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील रहँदै आएका नेता बरालले २०४७ सालमा एमालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो ।

उहाँले बासेश्वर–६, गोक्सिला गाउँ कमिटीको अध्यक्ष हुँदै इलाका कमिटी सचिवको जिम्मेवारी वहन गर्नुभएको छ । भूगोलमै रहेर लामो समयदेखि राजनीति गरिरहेका बराल सरल स्वाभावका नेताका रूपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !