खोटाङ—प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना(एमसीसी) को विरोध गर्नुको औचित्य नरहेको बताउनुभएको छ ।

खोटाङमा आइतबार भएको एक कार्यक्रमलाई सम्बोधनको क्रममा उहाँले यो देश विकासको सहयोगी परियोजना भएको भएकोले विरोधको अर्थ नरहेको बताउनुभएको हो ।

एमसीसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत र आर्थिक विकासमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री देउवाको भनाई छ ।

एमसीसी परियोजनालाई लिएर केही व्यक्तिहरुले गलत व्याख्या गरिरहेको उहाँको आरोप थियो ।

 

फाइल फोटो

प्रतिक्रिया दिनुहोस !