तेमाल–प्रधानमन्त्री शेरवहादुर देउबा शनिबार(चैत ५) गते काभ्रेको ऐतिहासीक क्षेत्र तेमाल आउनुहुने भएको छ । उहाँ गाउँपालिकाको प्रशासकिय भवन उद्घाटनका लागि तेमाल गाउँपालिकाको केन्द्र पोखरीनारायणस्थान आउने पालिकाका प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिनुभयो ।

पालिकाको सुविधा सम्पन्न भवन सांस्कृतिक कार्यक्रमका साथ औपचारीक रुपमा उद्घाटन गर्न लागिएको ढकालले जनाउनुभयो ।

पालिकाका अध्यक्ष सलाम सिं तामाङका अनुसार ४ करोड ६५ लाखमा निर्माण सम्पन्न भएको भवन उद्घाटनको तयारी सकिएको छ । अध्यक्ष तामाङले भन्नुभयो–‘प्रधानमन्त्री ज्यु दिउँसो १ बजे आइपुग्ने तय भएको छ,हामीले सबै तयारी पुरा गरेका छौं ।’

अध्यक्ष तामाङका अनुसार भवन जिल्ला समन्वय समितिबाट प्राप्त २ करोड र पालिकाको २ करोड ६४ लाखमा निर्माण सम्पन्न भएको हो ।

पालिका भवन बनेको खुसीयालीमा कार्यक्रममा वडातहदेखिका स्थानीय सहभागि हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !