काठमाडौं– तीन दसक अघि सुनिएको ‘साथी छुट्यो दोबाटोमा हिँडिरैछु एक्लै,सोचेँ मैले एकातिर भाग्य रैछ बेग्लै’ बोलको शब्द रचनाकार हुनुहुन्छ नाना चाम्लिङ (सरिता) राई ।

प्रख्यात गायक र सङ्गीतकार शम्भु राईको सङ्गीत र गायक र सङ्गीतकार कृष्णभक्त राईको आवाजमा रेकर्ड गराई गायक कृष्णभक्त राईको सम्भवतः साङ्गीतिक यात्राको पहिलो आवाज संग्रह ‘जीवनयात्रा’ शीर्षकको गीति अडियो एल्बम समेत मिना सिङ्गक सुब्बासँग संयुक्त रूपमा प्रस्तुत गराएर चर्चामा आएकी गीतकार तिनै नाना चाम्लिङको पुनरागन भएको छ ।

तीन दशक गीत लेखनबाट केही टाढा हुनुभएका नाना साहित्यप्रतिको लगावका कारण मौन रहन सक्नुभएन । हाल उहाँ ‘सानो छ भनी नहेप सानी’ बोलको शब्द रचना मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा आउनुभएको हो । प्रशिद्ध सङ्गीतकार शान्तिराम राईको सङ्गीतमा सजिएको यो गीतमा सङ्गीत संयोजन राजु कार्कीको रहेको छ ।

द भ्वाइस किड्स नामक रियालिटी सोको उत्कृष्ट आठमा पर्न सफल प्रतिभा सुप्रिम मल्ल ठकुरी र मिन्छामा राईको अत्यन्तै मीठो आवाज रहेको उक्त गीत नाना चाम्लिङका ज्यादै सुन्दर र प्रेमपूर्ण शब्दलाई शान्तिराम राईले उस्तै मीठो सङ्गीत भर्नुभएको छ । त्यस्तै उदियमान गायक सुप्रिम मल्ल ठकुरी र दार्जलिङ,मिरिक निबासी अत्यन्तै राम्रा गायिका मिन्छामा राईको आवाजले यस गीतलाई अरू दरिलो बनाएको छ ।

गायक सुप्रिम मल्ल ठकुरी र गायिका मिन्छामा राईकै अभिनय रहेको भिडियोको छायाङ्कन देवान चाम्लिङ राई, सम्पादन जीवन मुकारूङ र रङ संयोजन तपस जोनले गर्नुभएको छ ।

आदिम आवाज अनलाइन टिभीद्वारा हालै सार्वजनिक गरिएको यस गीतको स्टुडियो भिडियोलाई पबिसरा राई (आमा)ले निर्माण गर्नुभएको हो ।
यो सिर्जना नेपाली साहित्य र सङ्गीतको बाक्लो माहोलमा एउटा बेग्लै पहिचान स्थापना गर्नसक्ने सामथ्र्य सहित प्रस्तुत भएको दावी गरिएको छ ।

भिडियोसहित:

प्रतिक्रिया दिनुहोस !