बौद्ध–‘मायाले संसार थाम्दैन’ भन्ने भनाई अचेल खुव प्रचलनमा छ । संसारमा माया कतिलाई ओखती त कतिलाई विष । यो ग्रहण गर्ने शैली र सोचाई अनुसार,भोग गरे अनुसार,समर्पण गरेअनुसार प्राप्त हुने परिणाम न हो,जीवनमा केलाई कति महत्व दिने भनेर एक व्यवस्थापकिय पाटोसँग जोडिएर आउने विषय पनि हो,जसले प्रगती या दुर्गती निम्त्याउँछ । माया प्रधान गर्ने कि माध्यम वा उर्जाको स्रोतप्रधान बनाउने भन्ने कुरा पनि आउँछ । यसबारे नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय तामाङ गीत ‘ज्युम नेसी’ एउटा सन्देशका साथ आएको छ ।

तामाङ आधुनिक गीत ‘ज्युम नेसी ’ भिडियोसहित शनिबार औपचारिक रुपमै सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहकाबीच पूर्वमन्त्री रेशम लामाको बाहुलीबाट यो सांगीतीतिक कोसेली सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कन्द्रिय सदस्य समेत रहेका प्रमुख अतिथि लामाले तामाङ कला क्षेत्रमा क्रमश प्रगति भईरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘हिजो यस्ता कार्यक्रमहरुमा २,४ जना कलाकारहरु पाउन मुस्किल हुन्थ्यो,आज यति धेरै कलाकारहरु जन्मिसके,के यो विकास हैन र ?’ आफू नयां पुस्ताको नेतृत्व गर्न जन्मिएको धारणा व्यक्त गर्दै उहाँले युवाहरुमा देखिएको गीत,संगीत,कला संस्कृतिप्रतिको लगावको उच्च सम्मान गर्दै यो क्षेत्रको श्रीवृद्धिमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बुद्ध सिं तामाङले गीतसंगीतको क्षेत्रबाट कला क्षेत्रको विकास र संरक्षणमा लाग्नु सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले ‘ज्युम नेसी’टिमको साधनाले गर्दा गीतदेखि भिडियोसम्मको पाटो सशक्त देखिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण वल तामाङ,वरिष्ठ सञ्चारकर्मी नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य अमरध्वज लामा,तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ लगायतले ‘ज्युम नेसी’ तामाङ गीतसंगीत क्षेत्रमा एक महत्वपुर्ण सिर्जनाको रुपमा आएको भन्दै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

 

स्वागत मन्तव्यको क्रममा पत्रकार एवं भिडियो निर्माण टिमका व्यवस्थापक छेडुप दोङले अलि फरक प्रस्तुती ल्याउने प्रयास भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘धेरै गीतसंगीत रिलिज भएका कार्यक्रमहरुमा रिपोर्टिङ गर्दै हिडियो,त्यसमा अलि खड्किएको जस्तो लागेर केहि फरक गर्ने सोचका साथ हामीले यो काम गरेका छौं,दर्शकस्रोताको प्रतिक्रियाको पर्खाईमा छौं ।’

गीत हेरिसकेपछि मात्रे केहि फरक रहेको अनुभूति मिल्ने उहाँको भनाई छ । निर्देशक अमिर दोङले पनि उत्कृष्ट काम गर्ने प्रयास भएको उल्लेख गर्दै दर्शकस्रोताको माया पाउने विश्वास व्यक्त गर्नुभयो ।

टुल्कु लामाको शब्द रचना,छ्डुप लामा मोक्तानको संगीतमा मणिक तामाङ र रश्मि दोङको स्वर रहेको गीतको भिडियोमा निराञ्जली लामा र विकास दोङको मोडलिङ रहेको छ । बज्र ङेसुरको ड्रोन तथा क्यामेरा छायांकन रहेको भिडियोमा हेरुका लामाको कोरियोग्राफी रहेको छ ।

डम्फू मिडिया प्रालिको पोष्ट प्रोडक्सनको रुपमा नायक तथा निर्देशक अमिर दोङको निर्देशन रहेको यो आधुनिक तामाङ प्रेमील गीतको भिडियो डम्फू मिडियाको युटुब च्यानलबाट हेर्न सकिन्छ ।

भिडियोसहित हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !