काभ्रे-नेपालको निकै चर्चित रियालिटी सो द भ्वाइस किड्स नेपालको सेमिफाइनलिस्ट प्राप्ती तामाङको नयाँ गीत सार्वजनिक गर्ने तयारी भएको छ ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका मङ्गलटारमा जन्मेर सानै उमेरदेखी गीत गाउन शुरु गरेकी प्राप्तीले अहिले ‘फर्केर नआउने यो बालापन’ गीत रेकर्ड गरि स्रोता दर्शकमाझ ल्याउने तयारी गर्नुभएको हो ।

गीत आफ्नो जन्मदिनको अवसर पारेर फागुन ३ गते बजारमा ल्याउने तयारी भइरहेको प्राप्तीले बताउनुभयो ।

अटल अनमोलको शब्द,वसन्त सापकोटाको सङ्गितमा रहेको यो गीत हालैसालै रेकर्ड गरिएको हो । दीप स्टुडियोमा रेकर्ड गरिएको गीतमा दिपेश प्रधानको सङ्गीत संयोजन रहेको छ ।

ग्रामीण क्षेत्रमा जन्मिएकाले अहिलेसम्म सङ्गितको औपचारिक ज्ञानको पहुँचमा नरहेपनि प्राप्ती भ्वाइसको डिजिटल,ब्लाइन्ड अडिसन,बेटल,लाइभ र सेमिफाइनलसम्म पुग्न सफल हुनुभएको थियो ।

आफ्नो सुरिलो स्वरले सबैको ध्यान आफूतिर तान्ने खुबी भएका उहाँको धेरै गीत रेकर्डिङको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !