
तेमाल–काभ्रेको तेमाल गाउँपालिकाभरका विद्यालयहरुमा पठनपाठन फागुन १ गतेबाट सुचारु हुने भएको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन करीव १ महिना बन्द गरिएका विद्यालयहरुको पठपाठन सुचारु गर्न सबै विद्यालयहरुलाई पालिकाले निर्देशन जारी गरिसकेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।
‘तेमालमा अध्ययनरत विद्यार्थीहरुमध्ये दुई तिहाईलाई कोभिड विरुद्धको खोपको पहिलो मात्रा दिइसकेका छौं,दोस्रो डोज(मात्रा) छिट्टै लगाउने तयारीमा पालिका जुटेको छ,जिल्ला स्वास्थ्य र पालिकाबीच समन्वय भइरहेको छ ।’,पािलका अध्यक्ष तामाङले भन्नुभयो–‘विद्यार्थीहरुको भविष्यलाई ख्याल गरी सरकारको स्वास्थ्य मापदण्डलाई पालना गराउदै विद्यालय सञ्चालन गर्न लागेका हौं ।’
प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले हालै सूचना जारी गर्दै तेमालका विद्यालयहरुमा पठपाठन सुचारु हुने स्पष्ट पार्नुभएको छ ।
ढकालद्धारा जारी सूचनामा उल्लेख छ–‘कोभिड १९ को नयां भेरियन्ट अमिक्रोनको बढुदो संक्रमणले विद्यालयहरु बन्द हुदा विद्यालर्थीहरुको पठपाठनमा परिरहेको असरलाई मध्यनजर राखी भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकार शिक्षा विज्ञान तथा पूविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा –२०७७ एवं सिसिएमसीको २०७८ माघ २३ गतेको बैठकको निर्णयको सिफारिस अनुसार शैक्षिक क्रियाकलाप तथा परिक्षा सम्बन्धि व्यवस्था (क र ख) मा उल्लेख भएअनुसार नेपाल सरकारले तोकेको न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य रुपमा पालना हुने गरि मिति २०७८÷११÷०१ गते देखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
तेमाल गाँउपालिका भित्र रहेका ४१ सामुदायिक विद्यालयमा ३ हजार बढि विद्यार्थी छन् ।
जिल्ला जनस्वास्थ कार्यालय धुलिखेलका अनुसार विहिबारसम्ममा तेमाल गाउँपालिकामा कोरोना संक्रमित हुने व्यक्ति १ जना छन् । पालिका अध्यक्ष सलाम सिं तामाङले टेलिफोनमा नमोबुद्ध खबर डट कमलाई भन्नुभयो,–‘हामी विद्यालय सञ्चालन गर्न सक्छौं,आजसम्म कोहिपनि शिक्षक विद्यार्थी कोभिड संक्रमित छैनन् ।’
सूचनासहित :