काठमाडौं–अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सत्ता गठबन्धन दललाई तनावकै विषय भएको छ । यस सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ छलफल भएको हो ।

एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आजका लागि बोलाएको संसद बैठक स्थगित गरेका सत्ता गठबन्धन दलका दुई नेताबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

दुई नेताबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । देउवाले सत्ता गठबन्धनमा छलफल नगरी स्थानीय तहको मिति घोषणा गरेको भन्दै असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा बुधबार छलफल गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको थियो ।
निर्वाचनसँगै एमसीसीको विषय तातिदै गर्दा नेपाली कांग्रेसलाई गठबन्धन छोड्न तीव्र दबाब छ ।

प्रतिक्रिया दिनुहोस !