काभ्रे– कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण हालै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशनात्मक विज्ञप्तिमार्फत विद्यालयहरु बन्द गरी बैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्नु भन्यो तर शैक्षिक कार्यक्रम निरन्तरताका लागि सहज थिएन । अहिले बैकल्पिक भनेर अधिकांशले अपनाउने गरिएका अनलाईन शिक्षण विधिको ग्रामीण क्षेत्रमा प्रभावकारीता पनि नदेखिएको अध्ययनहरुले नै देखाईसकेको छ ।

यसैको जनाउ जिल्लाको चौरीदेउराली गाउँपालिकाले दिएको छ । तत्काल विद्यालय बन्द गर्दा पठनपाठनमा समस्या आउने,विद्यार्थीहरुको शैक्षिक भविष्य धमिलिने देखिएको भन्दै पालिका यसतर्फ सचेत भएको देखिन्छ । साथै कोभिडको विकराल अवस्था पनि गाउँमा देखिसकेको छैन । त्यसैले पालिकाभित्रका विद्यालयहरु तत्काल बन्द नगर्ने निर्णयमा पालिका पुगेको देखिन्छ ।

यसैबीच पालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नियमित रुपमा विद्यालय संचालन गर्न निर्देशन नै दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले सबै विद्यालयहरुलाई एक पत्र जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो । गाउँपालिकामा बैकल्पिक विधिबाट सिकाइ सहकजीकरण प्रभावकारी नदेखिएको हुँदा विद्यालय निरन्तर खोल्न निर्देशन दिएको लामाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

काभ्रेका अधिकांश स्थानीय तहले भने माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गराइसकेका छन् । विद्यालय बन्द गर्छन् तर अधिकांश विद्यालयले प्रभावकारी भएपनि नभएपनि बैकल्पिक विधिबाट पनि पठपाठन गराउँदैनन्,यसको प्रत्यक्ष मार विद्यार्थीहरुको भविष्यमाथि पर्ने गरेको देखिएको छ ।

चौरीदेउराली सरकारको स्पष्टीकरणसहितको निर्देशनात्मक पत्र यस्तो छ-

 

प्रतिक्रिया दिनुहोस !