
काभ्रे–निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको १४ औ जिल्ला अधिबेशनले अध्यक्षमा श्याम भुजेललाई जिम्मेवारी दिएको छ ।
विहीबार बनेपामा भएको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन गरेको छ ।
जिल्ला समितिका सदस्यहरुमा भने दिपेन्द्रबहादुर विष्ट, कृष्णसून्दर थापा, इन्दु थापा, उमा बस्नेत र दामोदर दाहाल सदस्यमा निर्वाचित हुनुभएको छ ।
अधिवेशनले महाधिवेशन प्रतिनिधिमा सुशिला पौडेल, रोजिना केसी, रणवहादुर खड्कालाई चयन गरेको छ ।
अधिवेशनको उदघाटन गर्दै प्याब्सनका केन्द्रिय सहअध्यक्ष डिके ढुङ्गानाले राज्यले अझै पनि निजी बिद्यालयहरूलाई विभेद गरेको गुनासो गर्नुभयो ।
अधिवेशन उदघाटन कार्यक्रममा पनौती नगरपालिकका नगर प्रमुख भिम न्यौपाने,प्याब्सनको केन्द्रिय महासचिव कुमार घिमिरे,उप महासचिब आरबी कटवाल,सचिव भिमसेन केसी, केन्द्रिय सदस्यहरू हिरा शर्मा नेपाल, सत्यनारायण श्रेष्ठ, वागमती प्रदेश सचिब राममणी सापकोटा,प्याब्सन काभ्रका तदर्थ समितिका संयोजक रवि श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।