काभ्रे–जिल्लाको तेमाल गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने तयारी अगाडी बढाएको छ । पालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति,कार्यक्रम तथा बजेट अनुसार कृषि शाखाको कार्यक्रम कार्यन्वयनका लागि हालै सूचना जारी गर्दै पालिकाको कार्यालय पोखरी नारायणस्थानले  किसानहरुलाई प्रस्तावना आह्वान गरेको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत केदार प्रसाद ढकालद्धारा जारी सूचनामा ७ एचपिको मिनिटिलर,०.५ एचपिको मके छोडाउने मेसिन,१६ लिटर क्षमताको इलेक्ट्रिक स्प्रेयर पम्प,९० जिएसएम(३६/६०) फिट क्षमताको प्लाष्टिक टनेल,२०० जिएसएम(८/१०) मिटर आकारको प्लाष्टिक पोखरी लगायत कृषि सामाग्री वितरणका लागि प्रस्तावना माग गरिएको उल्लेख छ ।

यि सामाग्रीहरु कति परिमाणमा वितरण गर्ने भन्ने विषय भने स्पष्ट छैन । प्लाष्टिक टनेल र पोखरीका लागि भने प्लाष्टिक मात्रै वितरण गर्ने सूचनामा स्पष्ट पारिएको छ । इच्छुक कृषि सहकारी,कृषक समूह,कृषि फर्म वा व्यवसायिक कृषकहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र प्रकृया पुर्याएर आवेदन दिन सकिनेछन् ।

प्रस्तावनाका लागि निवेदन,वडा कार्यालयको सिफारिस,नागरिकताको प्रतिलिपि,मालपोत तिरेको रसिदको प्रतिलिपि ,कम्तीमा ३ रोपनी जग्गाको लालपूर्जा प्रतिलिपि,लिजमा लिएको भए सम्झौता पत्रको प्रतिलिपि,यन्त्रिकरणको तालिम लिएको भए सोको प्रतिलिपि,कृषि फर्म,कृषक समूह,कृषि सहकारीका लागि थप कागजातमा स्थायी लेखा नं प्रमाणपत्र प्रतिलिपि,करचुक्ता प्रमाणपत्र प्रतिलिपि निवेदनसाथ बुझाउनुपर्नेछ ।

यसबारे थप जानकारी आवश्यक परेमा कृषि शाखाको ९८४९०७४९८९ वा ९८४७९५३२५३ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

सूचना हेर्नुहोस्  :

 

प्रतिक्रिया दिनुहोस !