नयाँ कार्यकालका लागि नेतृत्व पनि चयन गर्ने
काठमाडौँ–नेकपा माओवादी केन्द्र सिधै महाधिवेशनमा जाने भएको छ । पेरिस डाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले आइतवारदेखि काठमाडौँमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको जनाएको छ ।
राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा परिणत गर्दै आठौँ महाधिवेशन गर्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय सम्मेलन आयोजना गर्दै नेतृत्व भन्दा बढी विचारको बहस गर्ने तयारी गरेको माओवादीले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई आइतवार बिहान ८ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिने नेता गजुरेलले बताउनुभयो ।
महाधिवेशनमा जाने निर्णयसँगै माओवादीले नयाँ कार्यकालका लागि नेतृत्व पनि चयन गर्ने छ । माओवादीमा अध्यक्ष पदका लागि अहिलेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने नेता देखिएका छैनन् । महासचिव र उपाध्यक्षसहितका पदमा भने नेताहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
माओवादीको यसअघि शुक्रबार बसेको बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ र्पुयाउने प्रस्ताव आएको थियो ।