प्रत्येक वडालाई काँग्रेस गढ बनाउने उद्घोष
काभ्रे–नेपाली काँग्रेस काभ्रेको सभापतिका लागि युवा नेता प्रतिनिधिसभा १ नं क्षेत्रीय सभापति एवम् संविधानसभा सदस्य तिर्थ लामाले बुधबार उम्मेद्वारी घोषणा गर्नुभएको छ । बनेपामा आयोजित एक समारोहकाबिच लामाले जिल्लाको प्रत्येक वडालाई काँग्रेस गढ बनाउने उद्घोषका साथ सभापतिको उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
रोशी,कोशी,तेमाल,डाँडापारी सबै ठाउँमा वैचारिक रुपमा प्रशिक्षित सांगठनिक संरचना विस्तार गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘काँग्रेस एकढिक्का हुन जरुरी छ,हामी डाँडापारी,रोशी सबै ठाउँमा पुग्नेछौं,भौगोलिक रुपमा विविधता भएको जिल्लाको विकासका लागि काँग्रेसको आवश्यकता रहन्छ ।’
तिर्थ लामाको उम्मेद्वारी कुनै व्यक्तिगत नभएर संस्थागत भएको धारणा व्यक्त गर्दै समारोहलाई सम्बोधन गर्ने क्रममा काँग्रेस केन्द्रिय सदस्य शिव हुमागाईंले जित सुनिश्चित भइसकेको दावी गर्नुभयो ।
अधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरुलाई अघिल्लो रोबाट कार्यकर्तापट्टि फर्काएर उभ्याउँदै उहाँले भन्नुभयो–‘अब कुरा बुझ्नुभयो होलानि सबैले,जीत कसको भनेर ।’
‘म भन्दा अघिको सभापतिको कार्यकालमा पनि काँग्रेस एक ठाउँमा थियो,दशकौं वर्ष मैले नेतृत्व गर्दा पनि एकै ठाउँमा रह्यो तर अहिले अध्यक्षले गुटको रुपमा केहि मान्छेलाई अघि सार्दै प्रचार गर्न थालेपछि हामी पनि बाध्य भएका छौं ।’–हुमागाईंले सुनाउनुभयो ।
काँग्रेस जनताको भावना युवाको चाहनाअनुसार गतिशिल शक्तिको रुपमा अघि बढ्ने उल्लेख गर्दै उहाँले आफ्नै पालामा,आफ्नै पहलकदमीमा युवालाई जिल्लाको नेतृत्व हस्तान्तरण गरेको तर्क पनि गर्नुभयो ।
काँग्रेस काभ्रेले १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तर्गत क्षेत्र र जिल्ला अधिवेशनको तयारी तिव्र पारेको हो । वडा र पालिका अधिवेशन सकाएको काँग्रेस काभ्रेको क्षेत्र र जिल्लाको अधिवेशन गर्ने क्रममा बुधबार नेता शिव हुमागाईं पक्षले उम्मेद्वारी घोषणा गरेको हो ।
क्षेत्रमा को–को,कहाँ–कहाँ भिड्दै ? हेर्नुहोस् :
प्रतिनिधि सभा क्षेत्र नं १
सभापति : दिनेश लामा
सचिव : किशोर गिरि
सचिव :विद्या सागर लामा
सहसचिव :पदम ब लामा
सहसचिव :गणेश अधिकारी
प्रदेश सभा १(१)
सभापति :राम योन्जन
उप सभापति :चन्द्रलाल दोङ
सचिव :नवराज दहाल
सचिव :दावा फेन्चु लामा
सहसचिव : बसन्त तामाङ
सहसचिव :गोकुल भुर्तेल
प्रदेश सभा १(२)
सभापति :चन्द्र ब तामाङ
उपसभापति :सुदर्शन अधिकारी
उपसभापति :केशव बन्जरा
सचिव :रुपक महत
सहसचिव :विनोद तिवारी
सहसचिव :राम ब. घ्यावा
प्रतिनिधि सभा क्षेत्र नं २
सभापति :सुन्दरमणि आचार्य
सचिव :राम जोशी
सचिव :आनन्द सापकोटा
प्रदेश सभा २(१)
सभापति : हेम लामा
उपसभापति :जीवन खड्का
सचिव :उध्दव प्र पौडेल
सचिव :मन अधिकारी
सहसचिव :रमिला बानियाँ
सहसचिव :आशाकाजी श्रेष्ठ
प्रदेश सभा २(२)
सभापति :भगवान अधिकारी
उपसभापति : तारामान लामा
उपसभापति : कुमुदा वैध्य
सचिव :गिता प्र दुलाल
सचिव :रामहरि दहाल
सहसचिव :हरि थापा
सहसचिव :दिपक लामिछाने
नेपाली काँग्रेस काभ्रेमा वर्तमान सभापति मधु आचार्य पक्षले पनि आफ्नो प्यानलको उम्मेद्वारी घोषणाको तयारी गरेको छ । अधिकांश वडा र पालिकाहरुमा आफूलाई थप मजबुत बनाउँदै त्यस खालको संगठन विस्तार गर्ने रणनीतिका साथ आचार्य पक्षले क्षेत्र र जिल्लाको नेतृत्वका लागि उम्मेद्वार छनौट गर्ने तयारी गरिरहेपनि औपचारिक रुपमा घोषणा भने गरेको छैन ।