काभ्रे-नेकपा एमाले काभ्रेले चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने ३४ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
एमाले माओवादी एकतापछि नेकपा बनेको नेकपा पुनः साविकका पार्टीहरुमा विभाजनपछिको नेकपा एमालेमा बसेका पूर्व माओवादी पृष्ठभूमिकाहरुलाई पनि सम्मानजनक रुपमा सहभागी गराउँदै महाधिवेशन प्रतिनिधि टुंगो लगाएको एमाले काभ्रेका युवा नेता जेनिश लामाले जानकारी दिनुभयो ।
आफूसहित सबैलाई विश्वास गरी प्रतिनिधि छानेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । लामा अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष समेत हुनुहुन्छ । लामाका अनुसार जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ बाट खुल्ला,महिला र समावेशी समूहबाट ३४ महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।
निर्वाचन न. १ बाट खुल्ला तर्फ नारायण प्रसाद पाण्डे, चन्द्र बहादुर लामा, रेशम बहादुर लामा, केशव प्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग,राजन भुर्तेल, दिलिप तामाङ्, चुडामणी गौतम र कृष्ण खुलाल रहनुभएको छ । यहि क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधि तर्फ गोमा भुर्तेल, गीता बन्जरा, कमला काफ्ले र शान्ता न्यौपाने प्रतिनिधि छानिनुभएको छ ।
गौतम पूर्व माओबादी केन्द्र पृष्ठभूमिका हुनुहुन्छ । पार्टी अलग हुदा उहाँ एमालेमै बस्नुभएको हो ।
निर्वाचन क्षेत्र न. २ मा खुल्लामा अशोक व्यान्जु, श्याम सुन्दर श्रेष्ठ, राम शरण दाहाल, राजकुमार सापकोटा, नकुल प्रसाद पराजुली, कंचन अधिकारी, प्रेम लामा, बेद प्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा र विदुर सापकोटा,
महिलातर्फ रीता ढकाल,निर्मला शाही,भक्तकुमारी लामा, बिमला कुमारी चौलागाई शर्मा, बिमला सापकोटा र शुभद्रा अधिकारी सर्वसम्मत हुनु भएको छ ।
ढकाल र पराजुली माओबादी केन्द्र पृष्ठभूमिका हुनुहुन्छ । पार्टी अलग हुदा उहाँहरु एमालेमै बस्नुभएको हो ।
समावेशी तर्फ तेज नेपाली, गीता सुनुवार र विष्णु बहादुर मिजार महाधिवेशन प्रनितिधिमा चयन हुनुभएको छ ।
मिजार पनि माओबादी केन्द्र पृष्ठभूमिका हुनुहुन्छ । एमालेमा एकताको सन्देश दिनेगरी सर्वसम्मत रुपमा प्रतिनिधि छान्नुले कार्यकर्ता तहमा सकारात्मक उत्साह प्रवाह भएको छ । यसबाट पार्टीलाई मजबुत बनाउन सबै एकढिक्का हुन आवश्यक रहेको मा जोड रहेको देखिन्छ । नेतृत्व तहले यहि महसुस गरेको र यो सन्देश पार्टीको तल्लो कमिटीसम्म पुगेकोले सर्वसम्मत रुपमा प्रतिनिधि चयन सफल भएको बताइएको छ ।