
- नमोबुद्ध संवाददाता
काठमाडौं–प्रशिद्ध गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको स्वर रहेको ‘सुन न म तिमीलाई माया गर्छु’ गीत स्टुडियो भिडियोसहित सार्वजनिक भएको छ ।
जस्केलो क्रियसनको प्रोडक्सन रहेको गीतको स्टुडियो भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानल मार्फत् सार्वजनिक भएको हो ।
टीका चाम्लिङको शब्द रचना र राजेशपायलको सङ्गीत रहेको गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ ।
गीतका शब्दहरू अत्यन्तै शालीन, प्रणयी र अर्थपूर्ण रहेका छन् भने शब्दलाई सुहाउने सङ्गीत र दमदार आवाज भिडियोको बलियो पक्ष भएर आएको निर्माण पक्षले जनाएको छ । यसकारण यो भिडियो दर्शकको रूचिमा पर्न सफल हुने दावी गरिएको छ ।
भिडियोसहित :