नमोबुद्ध संवाददाता,

काठमाडौं–जनता स्थीरता चाहन्छन् विकासका लागि । तर दलहरुको सत्ता लोलुप्ताले जनताले नै मार खेप्ने हुन् । यस्तै भएको छ,कर्णाली प्रदेशमा । यो प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमवार राजीनामा दिनुभएको छ ।

कांग्रेसलाई मुख्य मन्त्री पद दिन उहाँले राजीनामा दिनुभएको स्पष्ट छ । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उहाँले ३ वर्ष ८ महिना नेतृत्व सम्हालेपछि कांग्रेसको दवावमा सत्ता कांग्रेसलाई जिम्मा लगाएको हो ।

शाहीले नेपालको जनमत प्राप्त मुख्य दल नेकपा एमालेलाई पाखा लगाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलबिच बनेको गठबन्धनको सहमति बमोजिम नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको र आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको दावी गरेपनि यसले कर्णालीका जनतालाई भने कुनै फाईदा हुने देखिदैन । सत्ता बांडीचुडी राजनीतिले जनतामा नकारात्मक सन्देश गएको छ ।

प्रतिक्रिया दिनुहोस !