• नमोबुद्ध संवाददाता,

काभ्रे-बनेपास्थित कञ्चनजङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड छैटौं बार्षिक साधारणसभा मंगलबार सुरु भएको छ । संस्थाका अध्यक्ष श्याम नेपालको अध्यक्षतामा साधारण सभाको उद्घाटन प्रमुख अतिथी बनेपा नगरपालिका १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले पानसमा दिपप्रज्वलन गरि गर्नुभएको हो ।

सभाको सुरुवातमा आर्थिक वर्ष २०७७–०७८ का उत्कृष्ट बचत कर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । सम्मनित हुने सदस्यहरुमा उत्कृष्ट बचत कर्ता हरि प्रसाद मानन्धर, केशब बिकेसन श्रेष्ठ, राज कृष्ण श्रेष्ठ र उत्कृष्ट ऋणिमा भिम बहादुर श्रेष्ठ हुनुहुन्छ ।

त्यस्तै उत्कृष्ट कर्मचारीमा क्यास काउन्टरमा कार्यरत कर्मचारी सुशिला चिमोरिया,बजार इन्चार्ज रुपक दहाल,बजार प्रतिनिधि सुमिना लामा हुनुहुन्छ । कार्यक्रमा संस्थाका सचिब नवीन गौतमले संस्थाको ०७७–०७८ को बार्षिक प्रतिबेन प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी चन्द्र बहादुर खड्का, विशिष्ट अतिथी महेन्द्र थिङ्गले नेपालमा देश विकासका लागि सहकारीले खेलेको भुमिका माथी प्रष्ट पार्नुभयो ।

उहाँहरुले गरीवीको रेखा मुनि रहेका तथा अन्योलमा रुमलिएका आफ्ना सदस्यलाइ आर्थिक उन्नतिको बाटो रोज्न प्रेरणादायी काम गर्दै आएकोमा जोड दिनुभयो । त्यस्तै संस्थाका अध्यक्ष श्याम नेपालले आर्थिक वर्ष ०७७–०७८ को प्रगती विवरण प्रस्तुत गर्दै आगामी आ व ०७८–०७९ का लागि कार्य योजना तथा तर्जुमा प्रस्तुत गर्दै आफ्ना सदस्यहरुलाइ हिजो, आज र भोलि पनि यस्तै साथ सहयोग र माया पाई रहने अपेक्षा गरेको बताउनुभयो।

उहाँले आफ्ना कर्मचारीहरुलाइ सम्मानित हुने हरु खुसी र नहुने हरु दुखी नहुन समेत आग्रह गर्नुभयो।

कार्यक्रममा बिशिष्ट अतिथी काभ्रे प्याबसनका उपाध्यक्ष महेन्द्र थिङ, अतिथिमा पञ्चशिल साकोसका ब्यवस्थापक सन्तोष दाहाल , अम्बिका श्रेष्ठ, दिपक भैल,भागवत प्रसाद घिनान्जु श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु,लेखा समितिका पदाधिकारीहरु,सल्लाहकार समितिका पदाधिकारीहरु,कर्मचारी,सेयर सदस्यहरु बचत कर्ताहरु लगायतको उपस्थिती थियो ।

साधारण सभा २२ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस !