- नमोबुद्ध संवाददाता,
धुलिखेल–पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्र स्थायी कमिटि सदस्य शक्ति बस्नेतले योङ कम्युनिष्ट लिग(वाइसिएल) प्रगतिशिल युवाहरुको संगठन भएको बताउँदे त्यसै अनुसारको भुमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । पार्टीको सहायक संगठन वाइसिएल धुलिखेल नगर कमिटिको अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उहाँले मुलुक बदल्ने अठोटका साथ आफ्ना प्रगतिशिल कार्यक्रमहरु लिएर जनमाझ भिझ्नुपर्ने बताउनुभएको हो । यसरी नै जनताको मन जित्न सक्ने दावी गर्दै उहाँले भन्नुभयो–“प्रगतिशिल र क्रान्तीकारीहरुको संगठन जनसेवक संगठनको रुपमा अघि बढ्नुपर्छ ।”
जनताको मुद्धा,जनताको काममा केन्द्रित भएर वाइसिएल स्थापीत हुनुपर्ने उहाँको धारणा छ । युवा सिर्जनशिलताको प्रतिक समेत रहेको बताउँदै उहाँले सबैलाई गोलबन्द पार्ने गरी संगठनका गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । आम युवाहरुको प्रतिनिधित्व वाइसिएलले गर्न सक्ने दावी गर्दै उहाँले भन्नुभयो–“वाइसिएलको झण्डामूनि युवा बैज्ञानिकहरु,युवा इञ्जिनियरहरु,युवा डाक्टरहरु,युवा पाइलटहरु,युवा खेलाडीहरु,युवा साहित्यकारहरु सबै युवाहरु गोलबन्द गराउनुपर्छ ।”
उहाँले पार्टी र युवा अलग हुनै नसक्ने उल्लेख गर्दै पार्टी र राज्य तहमा युवाको सहभागित,क्षमता अभिवृद्धि,युवा रोजगार,उद्यमशिलताको विषय घनिभुत रुपमा बहसमा ल्याउन युवा पंक्तिमा आग्रह गर्नुभयो । सुशासन र विकासका पक्षमा सदैव आफूलाई उभ्याउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रेका इञ्चार्ज सूर्यमान दोङ (लालध्वज),प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ(वमध्वज),माओवादी बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ),वाइसिएल काभ्रे इञ्चार्ज अविलाश लामा लगायतले पनि सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले देशलाई पुनः माओवादी शक्ति आवश्यक रहेकोमा जोड दिएका थिए । त्यसका लागि अबको निर्वाचनमा पहिलो शक्ति हुनेगरी जुट्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा स्थानीय एमाले र कांग्रेसका १० जनाभन्दा बढी कार्यकर्तालाई माओवादीमा प्रवेश गराइएको थियो ।
भिडियो
अधिवेशन उद्घाटन पूर्व धुलिखेल २८ किलोदेखी सरस्वती वजारस्थित कार्यक्रम स्थलसम्म वाइसिएल कार्यकर्ताहरुले मार्चपास गरेका थिए ।