“एक घण्टा रहेपनि एकदिन रहेपनि,चन्द्र लामालाई यसकारण बधाई र शुभकामना छकि एउटा विम्बको रुपमा उहाँको प्रवेश भएको छ,युवा नेतृत्वको रुपमा प्रवेश भएको छ र एउटा ईतिहास रचेको छ ।”
- नमोबुद्ध संवाददाता,
बनेपा–बागमती प्रदेशका नवनियुक्त भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले पार्टीले निर्वाचनका बेला अघि सारेका नीति,कायक्रम,‘सुखी नेपाली,समृद्ध नेपाल’को आकांक्षा पुुरा गर्नेतर्फ सदैव संवेदनशील भएर लागेको बताउनुभएको छ । पार्टीले दिएको जिम्मेवारीमा खरो ढंगले उत्रने उहाँले स्पष्ट पार्नुभयो ।
एमाले जिल्ला कमिटि काभ्रेले सोमबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले भन्नुभयो–“यो मन्त्रालयका लागि म विज्ञ त हैन तर किसानको अपेक्षा,भावनालाई मार्ने काम गर्दिन,यसको गरिमालाई ख्याल राखी काम गर्न प्रतिवद्ध छु ।” पार्टीले अवसर दिएकै कारण राजनीतिमा युवा प्रतिभाको विकास भएको बताउँदै उहाँले पार्टीको निर्देशन र युवाहरुको विश्वास थप बलियो हुनेगरी काम गर्ने प्रतिज्ञा गर्नुभयो ।
मुलुक समृद्धिको नेतृत्व गर्ने एमाले पार्टी निर्माणमा जुट्न आग्रह गर्दै मन्त्री लामाले भन्नुभयो–“मेरो उदाहरण लिएर एमालेमा लामबद्ध हुन म युवा साथीहरुलाई अनुरोध गर्दछु,समय आएपछि हुँदोरहेछ ।” एमाले पार्टीले युवा जमातको भावना बुझ्ने गरेको उहाँको भनाई छ ।
संघ सरकार र प्रदेश सरकारबीच भुमिसम्बन्धी ऐन नियम तथा क्षेत्राधिकार नटुंगिएको उल्लेख गर्दै उहाँले आफू जति दिन मन्त्रीको जिम्मेवारीमा रहन्छ त्यत्तिञ्जेल मिनेट मिनेटको महत्वलाई बुझेर कृषि र सहकारीका क्षेत्रमा सशक्त भएर लाग्ने बताउनुभयो ।
राजनीतिक जीवनमा चुनौतीको सामना गर्न भने पछि हट्न नुहुने उहाँको भनाई थियो । यसका लागि तयार भएरनै आफू यो स्थानमा आईपुगेको उहाँले बताउनुभयो । “पार्टीले आवश्यक परेको बेला,संकटको बेला नै मलाई जिम्मेवारी दिदै आएकोमा मैले डटेर निर्वाह गर्दै आएको पनि छु,यहिक्रममा मलाई कृषि मन्त्रालयको जिम्मेवारी आएको छ ।”
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य,जिल्ला इञ्चार्ज गोकुल बास्कोटाले चुनौतीकै बेला युवा सांसद लामालाई पार्टीले जिम्मेवारी दिएको स्पष्ट पार्नुभयो ।
“एक घण्टा रहेपनि एकदिन रहेपनि,चन्द्र लामालाई यसकारण बधाई र शुभकामना छकि एउटा विम्बको रुपमा उहाँको प्रवेश भएको छ,युवा नेतृत्वको रुपमा प्रवेश भएको छ र एउटा ईतिहास रचेको छ ।”,बास्कोटाले भन्नुभयो–“फोकल्याण्डको टापुमा युद्ध हुँदा गोर्खा फौज कत्तिवेला उतार्याथ्यो व्रिटिशले ? जव ऊ संकटमा पर्यो त्यत्तिवेला विश्वास गरेर उतार्याथ्यो,आज जनताले बनाएको पार्टी शहिदहरुले बलिदान गरेको,अग्रजहरुले जेलनेल झेलेको,आफैं त्यसमा सामेल भएको साथीहरुले पार्टीलाई धोका दिएर चुनौती पेश गरेपछि एउटा जटिल स्थितिमा माननीय चन्द्र लामा एउटा महत्वपूर्ण जिम्मेवारीमा पुगनुभएको छ,म आशा गर्छु,बागमती सरकारका बिरुद्धमा चालिएका प्रयासहरुलाई असफल तुल्याउन कोशिस गर्नेछौं ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष अशोक व्यञ्जु,उपसचिव इन्द्र तामाङ लगायतले चुनौतीको सामना गर्दै अघि बढ्न उत्प्रेरित गर्दै मन्त्री लामालाई सफलताको शुभकामना दिनुभएको थियो भने जिल्ला कमिटि सदस्य,भातृ संगठन,पालिका,वडा तहका नेता कार्यकर्ताहरुले खादा,मालाका साथ बधाई ज्ञापन गरेका थिए ।