• शिशिर दोङ,

तेमाल–काभ्रेको तेमाल गाउँपालिका २ स्थित सुर्योदय बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : वीरनन्द तामाङ चयन हुनु भएको छ ।

वडा अध्यक्ष तिमाल सिं तामाङको प्रमुख अतिथ्यतामा शनिबार सम्पन्न आठौं साधारणसभाबाट तामाङको नेतृत्वमा १३ जनाको समिति सर्वसम्मत चयन भएको हो । संस्थाको उपाध्यक्षमा आसमान लामा,सचीव सानुमान लामा,सहसचिव मानकाजी लामा, कोषाध्यक्ष पेम्बा लामा,सदस्यहरुमा कान्छामान तामाङ,सिर्जना तामाङ, रोमिना लामा,सावित्री आले, रामहरी आलेमगर,केशब श्रेष्ठ,भरत श्रेष्ठ र रस्मिता तामाङले जिम्मेवारी पाउनुभएको छ ।

प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष तामाङले वडामा रहेको यो सहकारीले कृषकहरुको लागि कृषि औजार,बीउ,विषादी,मल वितरणमा सहजिकरणका साथै बजारीकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा अझ सशक्त बन्न आग्रह गर्नुभयो । किसानको हितका लागि स्थानीय सरकार सहकारी संस्थासँग सहकार्य गर्न तयार रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

नव निर्वचित अध्यक्ष लामाले २०६३ सालमा स्थापना भइ तत्कालीन सहकारी मन्त्री केशब प्रसाद बडालले विधिवत रूपमा भवन समेत उदघाट्न गरेको सहकारी बीचको समय निस्कृय रहेको जानकारी दिदै अब यो सहकारीले गति पाउने बताउनुभयो । अब यो कार्य समिति नयाँ कार्ययोजनाका साथ स्थानीय किसानको हितका लागि अगाडी बढ्ने उहाँको उद्घोष थियो ।

१५ लाख २६ हजार २ सय ३५ कुल पुँजी रहेको सस्थाले कृषि क्षेत्रमा केन्द्रित गरी काम गर्दै आएको कोषाध्यक्ष पेम्बा लामाले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस !