• नमोबुद्ध संवाददाता

बनेपा–बागमती प्रदेशका नवनियुक्त भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले सरकारका कृषि कार्यक्रम व्यवस्थित गर्ने बताउनुभएको छ । एमालेका युवा नेता समेत रहेका मन्त्री लामाले सरकारको कृषि कार्यक्रमका लागि किसानको वर्गीकरण आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

“यसअघि पनि सरकारले कृषिमा बजेट व्यवस्था नगरेको हैन,सहि ठाउँमा पुर्याउनचाँहि समस्या देखिन्छ,कृषि व्यवसाय गर्ने किसानको वर्गीकरण गर्नुपर्छ,ठूलो लगानी गर्नेले सबै अनुदानका कार्यक्रम लिईरहेको देखिन्छ,सिमिति स्रोत साधनले सानो लगानीमा बाँधिएका वास्तविक किसान अनुदान बाहिर देखिन्छ ।”,गृह जिल्ला काभ्रेमा शनिबार प्रेस चौतारीद्धारा आयोजित बधाई ज्ञापन तथा पत्रकार भेटघाटमा उहाँले भन्नुभयो–“वास्तविक किसानहरुलाई कृषि कार्यक्रममा समेट्नेगरी संविधान अनुसार कार्यविधि बनाउनुपर्छ,विधि सच्याउँनुपर्छ ।”

उहाँले प्रदेशका १३ वटै जिल्लाका किसानमाझ दुग्ध विकास,कृषि यन्त्रीकरण,अनुदान व्यवस्थापन जस्ता कार्यक्रम पुर्याउन साझा भुमिकामा रहने बताउनुभयो ।

हावापानी र माटो अनुसार कृषि पकेट क्षेत्रको विकासले समृद्धि हाँसील गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकोले प्रदेशका सबै जिल्लामा आफ्नो ध्यान जाने उहाँको भनाई छ ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !