• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेकपा एमाले तेमाल ९ मेच्छे काभ्रेको काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेला बिहीबार राजधानीमा सम्पन्न भएको छ । वडा कमिटीको आयोजनामा नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डे,उपसचिव ईन्द्र बहादुर तामाङ,जिल्ला सदस्य घनश्याम लामा लगायत काभ्रे जिल्लाका अग्रज नेताहरुको विशेष उपस्थितिमा तिनकुनेमा वडास्तरीय अगुवा कार्यकर्ता भेला एवं छलफल कार्यक्रम सम्पन्न भएको हो ।

रोजगारी तथा अध्ययनको शिलशिलामा राजधानीमा रहेका कार्यकर्ताहरुको उपस्थिति रहेको भेलामा विभिन्न राजनीतिक दलमा आबद्ध भएका २५ जना उर्जाशिल युवाहरु नेकपा एमालेमा प्रवेश गरेको एमाले उपसचिव इन्द्र तामाङले स्पष्ट पार्नुभयो । नेपाली राजनीतिमा एमालेको विचार र विकासप्रतिको दृष्टिकोण,विकासमा नेतृत्व र तदारुकताका कारण काँग्रेस र माओवादी केन्द्रका युवाहरु समेत एमालेमा लामबद्ध भएको उहाँले बताउनुभयो । समृद्ध तेमाल निर्माणमा एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै आफूहरु एमालेमा गोलबद्ध भएको युवाहरुको भनाई छ ।

युवा एकतामा जोड दिदै एमालेका स्थानीय कार्यकर्ताहरु खुसी भएका छन् । सामाजिक सञ्जालमा एनडी क्षितिजको प्रतिक्रिया छ–“यसले हामी एमालेमा आस्थावान सवै साथिहरुमा झनै उत्साहको सञ्चार गराएको छ । खासमा यो हाम्रो अभियानको शुरुवात चरणमात्र हो । अझै धेरै टाढा पुग्नुछ ।”

एमाले काभ्रेका सचिव पाण्डे र उपसचिव तामाङ,जिल्ला सदस्य घनश्याम लामाले नवप्रवेशीहरुलाई स्वागत,बधाई र आगामी यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो । “एमालेको आवश्यकता,देश र जनताका लागि यो पार्टीले खेल्दै आएको भुमिकाबारे थप स्पष्ट पार्न,युवाहरुमा उर्जा प्रवाह गर्न भेला गरिएको हो ।”,एमाले उपसचिव तामाङले भन्नुभयो ।

एमालेको पार्टी महाधिवेशनको मिति तय भएको र पार्टीबाट माधव नेपाल बाहिरिएको अवस्थामा केन्द्रदेखि स्थानीय स्तरसम्म कार्यकर्ता भेला तथा छलफल कार्यक्रमहरु तिव्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस !