
- नमोबुद्ध संवाददाता,
काठमाडौं–नायक तथा निर्देशक अमिर दोङको नयाँ भिडियो ‘मायाला कसम’ बौद्धमा एक समारोहको आयोजना गरी सोमबार सार्वजनिक गरिएको छ । यो तामाङ आधुनिक गीत भिडियोसहित तामाङ कलाकार संघका अध्यक्ष संजीव वाईबाले लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि वाईबाले विशाल काल्तानको शब्दसंगीत र उर्गेन दोङको एरेञ्जमा तयार भएको गीतको भिडियो सुन्दर बनेको धारणा राख्नुभयो । पछिल्लो दशक तामाङ गीत संगीत व्यवसायिक पाटोमा अघि बढेको उल्लेख गर्दै वाईबाले भन्नुभयो–“५४,५५ सालतीरको जस्तो अवस्था अहिले रहेन,यसको प्राविधिक पाटो एरेञ्जीङ,कलाकारहरुको दक्षता,लगानी लगाव हरेक हिसावले व्यवसायीकतातीर गएका छौं,गीतसंगीत तथा कला क्षेत्रमै केहि गरेर बाँच्न सक्ने अवस्थाको सिर्जना हुनु गौरवको विषय नै हो ।”
आफू समाजमा नकारात्मक असर पार्ने गीतसंगीतको पक्षमा नरहेको जनाउँदै उहाँले मनोरञ्जन मात्र नभई सभ्य समाजको परिकल्पना पनि कला क्षेत्रले गुर्नपर्नेमा जोड दिनुभयो ।
विशाल काल्तान र जितु लोप्चनको स्वर रहेको गीतको भिडियो निर्देहन अमिर दोङले गर्नुभएको हो भने यसमा स्वयं अमिर दोङ र मिङमार लामाको अभिनय छ ।
कार्यक्रममा दोङले आफ्नो दुई दशक लामो कलाकारिता यात्रामा नयाँ प्रतिभाहरुको विकासलाई पनि ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो–“यो क्षेत्रको विकासका लागि नयाँ–नयाँ कलाकार पनि भित्ररयाउनुपर्छ,यसमा मेरो ध्यान गएको हो,जसरी मैले यो भिडियोमा नयाँ अनुहार(मिङमार लामा) लाई अवसर दिएको छु,पछि उहाँहरुले पनि गरिखान सकुन् भन्ने पनि हो ।”
सुमन तामाङले छायांकन गरेको र राजु तामाङको कलरिङ रहेको यो भिडियो डम्फू मिडिया प्रालिको पोष्ट प्रोडक्सन हो,जुन भिडियो डम्फू मिडिया कै युटुव च्यानलमा हेर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो यस्तो छ :