• नमोबुद्ध संवाददाता,

काठमाडौं–बौद्धको उत्पला क्याफे गार्डनमा हालै सम्पन्न पोईट्री फेस्टिबल एण्ड ईबुक लन्च कार्यक्रम नेपाली कला सहित्यमय देखियो । कार्यक्रममा मेधा उप्रेतीको अङ्ग्रेजी भषामा प्रकाशित पहिलो कविता संग्रह – ” Musings on the Ordinary and the Mundane “  ईबुकमार्फत सार्वजनिक गरिनुका साथै साहित्य वाचनका साथै सांगीतिक प्रस्तुतीहरु पनि थियो ।

नेपाली साहित्य जगतमा एक नौलो कविताहरु संलग्न भएको ईबुकमा नब्बे छोटाछोटा कविताहरु रहेका छन् । कवितामा जीवन जगत,उत्सव,चाडपर्व र वातावरणिय गतिविधिका विषयमा उठान गरिएरको छ । मानव जीवनका लागि साधारण जीवन र सांसारिक जीवन के हो भनी प्रष्ट पार्न खोजिएको छ ।

विश्वमा नेपाली भाषा साहित्य मन पराउने जो कोहिले पनि यो पुस्तक पढ्दा नेपाली संस्कृतिको परिचयमा पाठकले नौलो पनको अनुभुती संगाल्न सक्नेछन् । कार्यक्रममा सखि प्रतिष्ठानकि अध्यक्ष मन्जिला शर्माले महिलाहरुको सक्षमताको कुरा गर्दै परिवर्तनको आवाज उठाउदै कविता वाचन गर्नुभएको थियो । उपस्थित अन्य केही कवि र कलाकारहरुले कविता वाचनका साथै गीत गाएर माईतिको स्मरण र सम्मान गर्दै तिजको शुभकामना ब्यक्त गरेका थिए ।

कवि एलिसा ढुंगानाले ‘हामी कसम खाऊँ’ भन्ने शिर्षकको कविता वाचन गर्दै जन्म र कर्मभुमिको सम्मान गर्न आग्रह गर्नुभएको थियो ।
धुम्मिएको आकास मुनि आनि छोईङ्ग डोल्माको आवाजमा रहेको ‘फुलको आँखामा फुलै संसार काडाको आँखामा काडै संसार’ र भजन शिरोमणि भक्ताराज आचार्यको ‘जहाँ छन बुद्धका अँखा’ भन्ने गीत गुन्जिदा उपस्थित सबैको मन पुल्कित मात्र होईन मनै भरी देशप्रतीको माया र मातृभुमी प्रतिको अगाध प्रेम छचल्किएको थियो ।

अनिल उप्रेतीले आफ्नो कान्छो बुबा माधव नाथ उप्रेतीको शब्द र उहाँको आफ्नै संगीत रहेको गीत र कविता मार्फत उपस्थित सबैलाई मन्त्र मुग्ध बनाउनु भएको थियो । उप्रेतीको कविता संग्रह थुप्रै डट कमको ईबुक संग्रहमा पढ्न सकिन्छ

प्रतिक्रिया दिनुहोस !