- नमोबुद्ध संवाददाता,
चौंरीदेउराली–आफ्नो गाउँमा जनताको स्वास्थप्रति काभ्रेको चौंरीदेउराली गाउँपालिकाका जनप्रनिधिहरुले थप संवेदनशीलता प्रकट गरेका छन् । उनिहरुले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै १ महिनाको सेवासुविधा बापतको रकम अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका हुन् ।
जनस्तरबाट आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न लागेको गाउँपालिकाको योजनालाई सफल बनाउन आफूहरुले सहयोग गरेका उनिहरुको भनाई छ । जनप्रनिधिहरुबाट ५ लाख ९३ हजार रुपैयाँ जम्मा भएको पालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।
गत बर्ष पनि सबै जनप्रतिनिधिहरुले सोही बराबरको रकम कोरोना कोषमा जम्मा गरेका थिए ।
बैठकले गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुलाई समेत सहयोगको लागि आव्हान गरिएको छ । ‘गाउँपालिका भित्रका सबै शिक्षक र कर्मचारिहरुसँग पनि न्युनतम ५ दिनको रकम सहयोगको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।’ अध्यक्ष गौतमले भन्नुभयो ।
गत बर्ष पनि शिक्षक तथा कर्मचारीहरुबाट ३ देखी ५ दिन बराबरको तलब रकम कोरोना कोषमा जम्मा गरिएको थियो ।